(एमाले) सल्यानले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको सन्देश तल्लो तहसम्म […]
पारिवारिक मनमुटावका कारण माइतीमा बस्दै आएकी श्रीमती लिन गएका ज्वाईलाई ससुरालीमा कुटपिट गर्दा मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदास लाई ससुराले कुटपिटगरि कन्डाई वृक्ष नामक फल पानीमा घोली खुवाई गम्भीर घाइते बनाएका थिए ।
नर्सिंङ होम नेपालगञ्जमा उनको उपचारमा क्रममा ज्यान गएको बाँके प्रहरीले जानकारी दिएको छ । हाल ज्वाइको हत्या अभियोगमा उनका ससुरा सोही उपमहानगरपालिका–२० नटनपुरुवाका नरेश चमारलगायत पाँच जनालाई प्रहरीले पक्राउ गरि अनुसन्धान अगाडि बढाएको छ ।
