ललितपुरमा ट्राफिक प्रहरीलाई कुटेर पक्राउ परेका १६ जनामध्ये २ जनामा कोरोना संक्रमण

२२ भदौ २०७७, सोमवार

मत्स्येन्द्रनाथको रथ तान्ने विषयमा ललितपुरको पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटेको अभियोगमा पक्राउ परेका मध्ये दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । ललितपुर महानगरीय प्रहरी परिसर का अनुसार पक्राउ परेका १६ जनाको पीसीआर परीक्षण गराउँदा दुई जनामा संक्रमण देखिएको हो ।
अहिले हिरासतमा राखेर घटनामा संलग्न १६ जनालाई थप अनुसन्धान भइरहेको छ । झडप नियन्त्रणमा खटिएका १८ प्रहरीलाई यसअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा गत बिहीबार पुल्चोकमा स्थानीय र प्रहरीबीच झडप हुदा ट्राफिक प्रहरी जवान कमल घिमिरेलाई निर्घात कुटपिट गरिएको थियो।

प्रतिक्रिया दिनुहोस