सल्यान, २२ मंशिर । सल्यानका सामुदायीक विद्यालयमा सञ्चालन भएको साक्षरता […]
प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव नेतृत्वको नेकपाका जुम्ला सेक्रेटरीसहित तीनजना पक्राउ परेका छन् । प्रहरीले जिल्ला सेक्रेटरी राजबहादुर भाम (उदय)सहित तीनजनालाई पक्राउ गरेको हो । चन्दा असुल्दै गरेको अवस्थामा उनीहरुलाई तिलागुफा गाउँपालिका ७ घोडेगाउँबाट पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले बताएका छन । उनका अनुसार पक्राउ पर्नेमा मुगुको सोरु गाउँपालिका ६ का जुम्ला सेक्रेटरी भाम यसैगरी जुम्लाको हिमा गाउँपालिका ७ का नन्द तिरुवा र सोही ठाउँका पना बुढा रहेका छन् ।
पक्राउ परेसगै उनिहरुबाट चन्दा असुलीको ठेली, सदस्यता फारम ठेली, केही किताबहरु, ठेकदार र स्थानीय तहका जनप्रतिनिधिको नामावलीसमेत बरामद गरिएको छ ।