सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
निर्वाचन आयोग नेपालले तत्कालीन समाजवादी पार्टीको बन्दसूची वाट सरिता गिरीको ठाउँमा लिना सिटौलालाई समानुपातिक सांसद मनोनित गरेको छ । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई नीतिविपरीत चलेको भन्दै कारबाही गरी सांसद र पार्टीबाट निष्कासन गरेपछि उनको सांसद पद खाली रहेको थियो । जसअनुसार बन्द सूचीको रोलक्रममा सिटौलालाई मनोनित गरिएको हो । उनि तत्कालीन समाजवादीको खस आर्य क्लष्टर बाट संसद बनेकी हुन।
सरिता गिरीले आफूलाई सांसद् बाट निस्कासन गर्ने निर्णय कारण कानुनविपरीत रहेको बताउँदै आएकी थिइन । उनले सांसद् बाट आफूलाई निस्कासन गर्ने काम रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् । तर आइतबार अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको थियो । अन्तरिम आदेश दिन अस्वीकार गरेको भोली पल्टै आयोगले रिक्त पदमा लिला सिटौला लाई मनोनित गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।