सल्यान, भदौ ८ – सल्यानको बाफुखोलाले बगाउँदा एक जनाको मृत्यु […]
यसैपनी हामी एकदम दुखी प्राणी ठान्छौ आफुले आफुलाइ, तर साच्चै अझ भबिष्यलाई देख्न सक्ने भइदिएको भए मानिस जत्तिको दुखी प्राणी अरु कोहि हुनैसक्ने थियन । त्यसैले जिन्दगी एउटा अन्धकार अनि अनकन्टार को यात्रा हो सायद जब एकपछी अर्को असफलता ले गाज्दै आउँछ । बाच्ने आशा एकदम कम हुँदै जान्छ। त्यस्तै एउटा म पनि हु बाटोमा हिड्दै हुन्छु पेटिमा माग्न बसेको हात खुट्टै नभको मान्छेलाइ हेर्छु, अनि अलि पर टाउको उठाएर हेर्छु अनि हात नै छैन खुट्टाले मादल बजाउदै केही मागिरहेको छ। के साच्ची कै उसलाई त्यो जिन्दगी आनन्ददायक र बाचिरहु लाग्ने खालकै होला त? र पनि जिबनको मोह भनौ या के नाम दिउ त्यसलाइ मर्न चाहदैन जिन्दगी देखि हारेको छैन अझै । अनेक तर्कन खेल्छन मनमा सोच्छु ‘सुनारको सय चोट लोहारको एक चोट’ भन्छ्न कतै एकदमै ठूलो सफलता पो भाग्यमा लेखेको छ कि त्यै भएर यति साना साना सफलता बाट अस्विकृत भइ पो राछु कि, यसैपनी भनिन्छ “स्त्री चरीत्र पुरुषको भाग्य दैबले नि जान्दैन रे” फेरि याद आउँछ अब्राहम लिङ्कन जिन्दगिमा एकपल्ट मात्र सफल भए अनि अमेरिका को रास्ट्रपति भए यदि बिचमै हरेश खाएर आत्महत्या गरेका भए सयौ असफलता पछिको सफलता कतिको मीठो हुन्छ भनेर भोग्नै नपाएर मर्थे । कुनै कुरामा अस्विकृत हुनु सफल नहुनु भनेको केहि गर्न नसक्ने हुनुपनी त होइन त्यसको मतलब त्यो भन्दा ठुला सफलता र राम्रा अबसरका लागि मार्गप्रसस्त गरियको पनि त हुनसक्छ । आखिर फेरि कुनैदिन जब त्यो दिन (मर्नेदिन) आउँछ सबै कुराले सम्पन्न छु म केहीदिन यतै बस्छु भनेर पाइनेवाला त छैन अनि हतारो किन के कुराले ।
प्रत्येकदिन बिहान उठ्यो साझ सम्म केही दुर्घटना भएकै हुन्छ या मनमा मरु मरु या मेरो कुनै भ्यालु छैन भन्ने फिलिङ्स आकै हुन्छ प्रती 40 सेकेण्डमा एकजना ले आत्महत्या गरेको डाटा WHO सङ्ग छ, अनि प्रती 5 जनामा एकजना लाई म खतम भए अब केही नि गर्नसक्दिन र मरम मरम लाकै हुन्छ रे।
यदि अल्बर्ट आइनस्टाइनले म सधैको तल्लो डिभिजन वाला मान्छे हो भनेर कुनैदिन आफ्नै ज्यान लिएका भए अहिले यो दुनियाँ जहाँ छ त्यहाँ कदापी हुने थियन । त्यस्तै अर्को उदाहरण थोमस अल्भा अडिसन ले हजार पटक प्रयास गर्दा पनि बल्ब बनाउन नसकेर असफल भएर आत्माहत्या गरेका भए दुनियाँ ले उनिलाइ याद गर्थ्यो होला त ? याद नै गरेको नै भए कसरी गर्थ्यो होला एउटा हुत्तिहारा जिन्दगिलाइ जित्न सकेन कायर रछ हार्यो सायद यस्तै भन्थ्यो होला दुनियाँले । जिन्दगी मा सच्चिकै समस्या नै भएन भने के गर्नका लागि बाच्ने जिन्दगी बोरिङ हुदैन र ? यसैपनी एउटा भनाइ छ ‘जिन्दगीले तिमी भित्रको त्यो गुणको परिक्षा लिन्छ जो तिमी भित्र मौजुद छ तर तिमिले चिन्न सकेको हुदैनौ’ त्यसैले हार्नुहुदैन ।
आफैलाइ सिध्याइदिउ न दुख न त पिर ‘न रहन्छ बाँस न बज्छ बासुरी’ यो भावना पनि निकैपटक मनमा आउथ्यो अनि फेरि सम्झिन्थे आखिर मलाइ दुनियाँ देखाउने बुवा आमा कसरी बाच्लान साच्चै कसरी सम्हाल्लान आफुलाइ म मरेको हेरेर, मर्न हिम्मत नआउने होइन तर ती आखामा आँसु र उनिहरुको पछिको अबस्था सम्झेर पनि होला सायद कहिल्यै मर्न हिम्मत आएन। सानो कुरामा निकै दुखी सानो कुरामा निकै खुसी हुनु पनि राम्रो रैनछ सायद त्यही नै डिप्रेसनको कारण नि हुदो रछ् कसैकसैलाइ । डिप्रेसन यस्तो रोग हो जसले मान्छेलाइ मृत्यु सङ्ग भन्दा जीवन सङ्ग डराउने बनाइदिन्छ, म नै सबैलाइ घाँडो भए म मर्यो भने सबैलाइ सजिलो हुन्छ, गरि खाउन सबैले भन्नेवाला फील आउँछ। अनि मान्छेले त्यस्तो निर्णय लिनपुग्छ, डिप्रेसन मानसिक बिमारी हो दिमागले त्यस्तै नचाहिदो प्रकारको हर्मोन निर्माण गर्छ र मान्छेलाइ त्यस्तो फील आउँछ मनमा, राम्रो त होइन तर यदि कसैले आत्महत्या गरिहाल्यो भने कसैले पनि उसले खुसिले आत्महत्या गरेको भन्ने बुझ्नु हुदैन । यो त मान्छेलाइ पखाला लाग्दा ठिक पर्यो खानेबेला बिचार पुर्याइनस भने जस्तै हो। दौँतरी र साथीहरूले थाहा पाए सम्म त्यस्तो मान्छेलाइ एक्लो फिल हुन दिनुहुदैन जसले गर्दा एउटा ज्यान बचाएको पुण्य लाग्छ अनि साथी नि आफू संगै हुन्छ ।बास्तबमा, आफ्नो प्रीय मान्छे गुमाउनु निकै दुखद हुन्छ।
अस्ति भर्खर भारतिय अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको घटना पछि मैले निकै सोचे म निरन्तर उनको अन्तरबार्ता र इन्स्टा हेरिराहुन्थे एकदम बौद्धिक टाइपको लेखाइ मिहिनेत गरेर बुझ्नुपर्ने खालको हुन्थ्यो । एकदम ज्ञानि अनि दार्शनिक मान्छे उनको बुझाइ थियो कि मृत्यु जिबनको अन्त्य होइन त्यो पछि पनि कुनैरुपमा जिन्दगिको अस्तित्व बाकी नै छ। एउटा अन्तरबार्ता मा उनले भनेको कुरा याद आउँछ पत्रकारले तपाइलाइ के कुराको सबै भन्दा डर लाग्दैन भन्दा उनले भनेका थिय “सायद मृत्यु” । तसर्थ मृत्यु प्रतिको दार्शनिक बुझाइ पनि आत्माहत्याको कारण हुनसक्छ।
कारण जे सुकै होस आत्महत्या राम्रो होइन तर रोक्न कसरी सकिन्छ? कुनैपनी ब्यक्ती यदि डिप्रेसनको बिरामी छ मनोबल एकदम गिरेको छ, निरन्तरका असफलताले समाज सङ्ग लज्जित छ भने आफ्नो सुनाउनु भन्दा उसको सुन्नुहोस अनि डाढस दिनुहोस उसलाइ बाच्न साहस दिनुहोस। दुनियाँ मा तेरो कोइ नभएपनी म सधै त सङ्गै छु भन्ने बिश्वास दिलाउनुहोस जसले गर्दा उसलाइ बाच्न आशा जागोस । साहस दिनुहोस प्रीय मान्छे नगुमाउनुहोस मेरो प्रार्थना छ ।
!
कारण जे सुकै होस आत्महत्या राम्रो होइन तर रोक्न कसरी सकिन्छ? कुनैपनी ब्यक्ती यदि डिप्रेसनको बिरामी छ मनोबल एकदम गिरेको छ, निरन्तरका असफलताले समाज सङ्ग लज्जित छ भने आफ्नो सुनाउनु भन्दा उसको सुन्नुहोस अनि डाढस दिनुहोस उसलाइ बाच्न साहस दिनुहोस। दुनियाँ मा तेरो कोइ नभएपनी म सधै त सङ्गै छु भन्ने बिश्वास दिलाउनुहोस जसले गर्दा उसलाइ बाच्न आशा जागोस । साहस दिनुहोस प्रीय मान्छे नगुमाउनुहोस मेरो प्रार्थना छ ।
