नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सल्यानमा प्रतिनिधिसभा निर्वाचन लक्षित चुनावी […]
बागचौर नगरपालिका क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आजदेखि ५ दिने शिक्षक पेशागत तालिम कार्यक्रम ब्राइट रोजल्याण्ड इङ्लिस मिडियम स्कुल काे सभाहलमा सुरु भएको छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बागचौर नगर कार्यसमितिको आयोजनामा सञ्चालन भएको यस तालिमले शिक्षण पद्धतिमा नविनता ल्याउने अपेक्षा गरिएको छ।

जिल्ला प्यब्सन सल्यान का उपाध्यक्ष खिमराज डि सि काे प्रमुख आथित्यता मा सुरु भएकाे कार्यक्रमको अध्यक्षता बागचौर नगर प्याब्सनका अध्यक्ष तथा ब्राइट रोजल्याण्ड इङ्लिस मिडियम स्कुलका प्रिन्सिपल इन्द्रबहादुर भण्डारी ले गर्नु भएकाे थियाे भने कार्यक्रमकाे सञ्चालन नगर प्याब्सनका सचिव तथा शिवरथ एकेडेमीका प्रिन्सिपल दीपक घर्ती मगरले गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै जिल्ला प्याब्सन सल्यानका उपाध्यक्ष खिमराज डि.सी. ले संस्थागत विद्यालयहरूले प्रविधिमैत्री तथा व्यवहारिक शिक्षण प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो।
तालिममा बागचौर नगरपालिकाभित्रका ५ वटा संस्थागत विद्यालयका ७२ जना शिक्षकहरू सहभागी रहेका छन्।
सहभागीहरूलाई अनुभवी प्रशिक्षकहरूले बिभिन्न विषयमा प्रशिक्षण प्रदान गरिरहनु भएकाे छ डि.आर. भण्डारी शिक्षण कौशल तथा पेशागत विकास पाठ्यक्रम, कक्षाकाेठा ब्यवस्थापन, आधुनिक प्रविधिको प्रयोग , विद्यार्थी मनोविज्ञान, साथै मन्टेश्वरी प्रशिक्षक साबित्रा पोखरेल ले बालकेन्द्रित सिकाइ तथा मन्टेश्वरी विधि सम्बन्धित बिषय बस्तुमा रहेर तालिम संचालन गर्ने बताउनु भएकाे थियाे ।
निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालयहरूले राज्यको शैक्षिक भार न्यूनीकरण गर्नुका साथै गुणस्तरीय र प्रतिस्पर्धी जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान दिँदै आएकाे अङ्ग्रेजी माध्यम, अतिरिक्त क्रियाकलाप र विद्यार्थीको अन्तर्निहित प्रतिभा विकासमा केन्द्रित रहि अझै प्रभावकारी बनाउने लक्ष्यसहित तालिम आयोजना गरिएको र तालिम सम्पन्न भएपछि सहभागी शिक्षकहरूले कक्षाकोठामा नवीन र सिर्जनशील शिक्षण विधि अपनाउने बालबालिकालाई खेल्दै सिक्ने वातावरण (मन्टेश्वरी विधि) उपलब्ध गराउने शिक्षण प्रक्रियालाई व्यावसायिक तथा परिणाममुखी बनाउने अपेक्षा गरिएको र संस्थागत विद्यालयको पहिचान केवल भौतिक संरचना होइन, उत्कृष्ट शिक्षण पद्धति पनि हो भन्ने स्थापित गर्न हामी प्रतिबद्ध रहने छौँ साथै तालिमपछि शिक्षकहरू नयाँ ऊर्जा र सीपसहित कक्षाकोठामा फर्किनुहुनेछ भन्ने पुर्ण आषा रहेकाे सभाअध्यक्ष भण्डारीले बताउनु भएकाे थियाे ।
उक्त तालिम मा बागचाैर नगरपालिका भित्र संचालित संस्थागत बिद्यालय ब्राइट रोजल्याण्ड इङ्लिस मिडियम स्कुल, शिवरथ एकेडेमी, सभ्यता एकेडेमी, रिसाेर्स शारदा बाेर्डिङ स्कुल र शारदा भ्याली बोर्डिङ स्कुल सहभागी भएका थिए ।
