बागचौर नगरपालिका क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने […]
सल्यानको शारदा नगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना तथा पठनपाठनको समयतालिका परिमार्जन गरेको छ। नगर शिक्षा समितिको बैठकले केन्द्र सरकारको तालिकामा केही हेरफेर गर्दै भर्ना प्रक्रिया छिटो सुरु गर्ने निर्णय गरेको हो।
नगरपालिकाले जारी गरेको सूचना अनुसार, नगरभित्रका सबै विद्यालयहरूमा वैशाख १० गतेदेखि नयाँ विद्यार्थी भर्ना अभियान सुरु हुनेछ। यसअघि शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले वैशाख १५ गतेदेखि भर्ना खोल्ने मिति तोके पनि स्थानीय रूपमा शैक्षिक तयारी छिटो गर्ने उद्देश्यले ५ दिन अगाडि सारिएको हो।
त्यसैगरी, वैशाख २१ गतेदेखि सबै विद्यालयमा नियमित पठनपाठन सुरु गरिने प्रमुख प्रशासकीय अधिकृत हरिचन्द्र बुढाले जानकारी दिनुभयो।
नगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई निर्णय कार्यान्वयन गर्न निर्देशन दिँदै समयमै भर्ना प्रक्रिया पूरा गरी तोकिएको मितिदेखि कक्षा सञ्चालन गर्न आग्रह गरेको छ।
