सर्बज्ञान, श्रीराम र भद्दा मजाक

०७७ असार ३१

भाइरसको बायोलोजी, बिकास र उन्मुलन बेसार पुराण पश्चात बजारमा श्रीराम जन्मकुण्डली चर्चाको शिखरमा छ यो बेला । अन्यबेला जस्तै प्रधानमन्त्री को बौद्धिकता को फ्यानहरुले अनेकन प्रमाण हरु पेश गर्दै हुनुहुन्छ र प्रधानमन्त्री परमब्रह्मा ज्ञानको वाहवाही र चर्चा गर्न ब्यस्त हुनुहुन्छ। तथापी प्रधानमन्त्री ले नेपालमा जन्मिएर भारतमा तपस्या गर्न जाने गौतम बुद्ध भारतपरस्त हुन भनेर अझै भनिसक्नु भएको छैन ।श्रीरामजन्म जति संबेदनसिल बिषयलाइ रास्ट्रीयता सङ्ग जोडेर बरिष्ठ पुरातत्वबिद जस्तै गरि प्रधानमन्त्रीले दिनुभएको मन्तब्य को बिरोध गर्ने जति अराष्ट्रिय दलाल हुन भनेर हनुमान जि हरुको मुखारबिन्दबाट जुन आइरहेको छ यो घोर निन्दनिय छ । भगवानको भुगोल, जाती अनि रास्ट्रीयता हुन्छ भनेर हिप्नोटाइज गरिदैछ यो एकदमै लज्जाजनक छ।
बिश्वमा धेरै शासकहरुले धर्म, जात को राजनिती गरेर द्वन्द्व सृजना गरेर आफ्नो राजनितिक अभिस्ट पूरा गरेका अनेकन उदाहरण छ्न। तर धर्म र भगवान आस्था र बिस्वास को कुरा हो यो राजनैतिक मसला होइन । त्रेता युगको कुरा आजसम्म जबकि बैज्ञानिक रुपमा त्रेता युग पनि थियो कि थियन भनेर प्रमाणित गर्न सकिने अबस्था छैन । मानिन्छ द्वापरयुग को अन्तिम तिर लगभग कलियुग सुरु हुनु भन्दा ३५ बर्ष अघि आजभन्दा ५१५४ बर्ष अघि बि.स. ३१०२ तिर महाभारत युद्द भएको थियो त्यही कुरालाई प्रमाणित गर्न सकिँदैन कि साच्चिकै त्यो युद्ध भएको थियो भनेर जब कि श्रीकृष्णले युद्ध मैदानमा बोलेको गीता प्रमाण बिश्वब्यापी प्रख्यात छ।

अव बिबादित जन्मभुमी श्रीराम र रामायण को कुरा गरौ।
– मोबाइल र सञ्चार नहुने बेलामा त्यति दुरीमा बिबाह कसरी सम्भब भयो ?
भनिन्छ श्रीराम भगवान बिष्णु को साक्षात अबतार अनि सीता माता महालक्ष्मी को अबतार हुनुहुन्थ्यो र यो सृष्टि गर्ने ब्रह्माण्ड रच्ने भगवानलाइ त्यो दुरीको कुरा निम्न स्तरको सोच भएकोले मात्र गर्न सुहाउछ । यदि बिष्णु पुराण जसमा बिष्णु भगवानका सबै अबतारको बारेमा लेखियको छ, बिस्वास गर्नुहुन्छ भने भगवान बिष्णुको बामन अबतारमा ३ लोक २ पाइलामा नाप्नुभएको भनेर भनियको छ। दुरीको कुरा धर्म बिरोधी कुरा हो । अर्को कुरा बिश्वामित्र, बशिस्ठ र बाल्मिकि लगायतका ऋषिहरु त्रीकालदर्शी थिए भन्ने मानिएको छ । जसले सजिलै के कहाँ चलिरहेको छ, हुदैछ के भएको थियो, भनेर सबै थाहा पाउथे ।
रथले १ दिनमा मिथिला कसरी पुर्यायो ?
– भारतिय केही रिसर्चर ले दाबी गरेका छ्न कि सीताको जन्म बिहारको सितामणिमा भएको हो। अनि उनिहरु पनि यहि तर्क गर्छ्न तर धर्मप्रती आस्था र सम्मान हुनेहरुले दुबै तर्फका चरमपन्थको कुरा बिश्वास गर्दैनन र पत्याउदैनन। हिन्दुधर्म जसले आस्थाको रुपमा हेर्छ राजनितीक मसलाको रुपमा हेर्दैन उसले सीतामाता जनकपुर मै जन्मिएको मान्छ । अनि अर्को शास्त्रलाइ मान्ने हो भने रामायण भन्दा हजारौं बर्षपछी भएको महाभारत युद्दमा भिष्मपितामह १८६ बर्षको उमेरमा सेनापती भएको कुरा मानियको छ। यसको मतलब त्यो बेलाका मान्छे अनि हरेक प्राणी अहिलेको भन्दा निकै तेज गति र बलिया हुनुपर्छ भन्ने मान्न सकिन्छ। ६० बर्षमा अबकास हुनुपर्ने प्रधानसेनापती कसरी भयो भन्न मिल्ने कुरा होइन अहिले ६० बर्षको मान्छे हिडडुल गर्न गाह्रो पर्छ यसको मतलब त्यो उमेरमा भिष्मपितामह जो मैदानमा पाँच पाण्डब, अभिमन्यु र साक्षात भगवान् बिष्णु (श्रीकृष्ण)जस्ता योद्दाका लागि भारी थिय अब त्यसैले उनी १८६ बर्षका जवान थिए भन्न मिल्दैन।

हाम्रोमा बिबाद छैन त्यसैले यो दाबी सहि हो ?

– हिन्दुधर्म संसारमै सबैभन्दा जेठो धर्म मानिन्छ। यो कहिलेदेखी सुरुभयो कुनै अभिलेख छैन त्यसैले यदि भारतको अयोध्या वास्तविक हो भने त्यो बेला त्यहाँ कुनै मस्जिद या चर्च पक्कै थियन भनेर मान्न सकिन्छ । जब देखि मानब सभ्यताको सुरुवात भयो तबदेखी हिन्दुधर्म सुरु भएको मान्न सकिन्छ । कालान्तरमा यो परिबर्तित हुँदै आयो समाज अनुसार केही रुढीबादी कुराहरु बढाइचढाइ भए केही हराए। यद्यपि लेखेर अभिलेखिकरण गर्ने जमाना आएको धेरै भएको छैन यसको मतलब त्यो भन्दा पहिला कुनै कुरा थियन भनेर मान्न सकिँदैन । तर पनि एकाध बाहेक धेरैकुरा बैज्ञानिक र मानव सभ्यतालाइ नयाँ उचाइ दिने खालका छ्न ।

भगवानले राज्य बनाउनुभएको होइन, अनि यो राज्य भित्र म बस्छु अर्को राज्यमा म बस्दिन भगवानले भन्नुहुन्न ।दुखद त यो छ कि जुन भगवानले हामिलाइ बनाउनुभयो दुनिया सृजना गर्नुभयो उहीँ भगवान् को मालिक ओलि कि मोदि भन्ने कुराको पिरलो हामिलाइ छ ।

ठोरिमा जन्मिएको राम हाम्रो अयोध्यामा जन्मिएको राम भारतको । कुरा आस्थाको मर्यादा को हो भने धार्मिक कुरामा बिबाद गर्नै हुदैन सबै भगवान हो सबै हाम्रो हो। पहिला भारत नेपालको सीमा नै थियन त्यै भएर यस्तो हुन आयो भन्ने कुरा आएको छ। यदि त्यो हो भने त जब त्यहा भारत नै थिएन भने हस्तक्षेप कसरी भयो इतिहास कै कुरा गर्ने हो भने हामी सधै भारत भन्दा बलिया थियौ चाहे त्यो अङ्ग्रेजले शासन गर्दा होस चाहे त्यो भन्दा अगाडि यदि श्रीराम को जन्मभुमी ठोरी हुन्थ्यो भने निकै पहिला नै प्रमाणित हुन्थ्यो किनकी त्यो बेला हिन्दुधर्म र हिन्दु आस्था नेपालमा सबैभन्दा बलियो थियो किनकी अरु धर्म नै थियनन।यदि त्यो अयोध्या नक्कली थियो भने २०० भन्दा बढी बर्ष अङ्रेजले भारतमा शासन गर्दा त्यो अयोध्या मेटिएर जानुपर्ने किन गएन यो पनि प्रश्न उठ्छ । अङ्रेजहरु त हिन्दुधर्म लाई जगेर्ना गर्नुपर्छ भनेर लागेका थिएनन होला? यो तर्क आफैमा लज्जास्पद तर्क हो ।

राजनितिक स्वार्थ र बिषयान्तर
– नेकपा पार्टिले निर्णय गरेर चुच्चे नक्सा ल्याइसकेर वाहवाही कमाइसकेपछि पार्टी स्थायी कमिटि भित्र पार्टी नेतृत्व को सरकारले केही गर्न नसकेको भनेर आलोचना भइरहदा र राजिनामाको माग उठिरहदा पार्टीमा आफू बाहेकका सबै दलाल हुन आफू कुर्सिमा नरहे देश रहदैन भनेर आफ्नै मन्त्रीपरिषद बैठकले घोषणा गरेको लकडाउनमा आफू निकट बिध्यार्थी र युबा संघसंगठनका जुलुस निकाल्न लगायर म भन्दा माथी कानुन नियम केही छैन भनेर लोकतन्त्रको भद्दा मजाक उडाउनुभयो । कुर्सी बचाउन जे गरेपनी सहि भन्ने मानसिकताले उहाँलाइ गाजेको देखियो । बास्तबमा हेर्ने हो भने उहाँको राजनिती नै भारतले चलेको छ भारतले नाकाबन्दी गर्यो जसले गर्दा क्षितिज को मान्छेलाइ केन्द्रमा ल्याइदियो, चुनाबपछिको तीन बर्षको उपलब्धी चुच्चे नक्सा हो फेरि पनि राजनिती भारत बिरोधले नै चलेको छ। यसको मतलब नाकाबन्दी र कालापानी, लिपुलेक, लिम्पियाधुराको हस्तक्षेप स्वीकार्य कदापी छैन तर यो कुरा जमिन फिर्ता गर्न या कुनै कुटनैतिक पहलकदमी गर्नलाइ होइन जनताको भावना माथी खेलबाड गर्न ल्याइएको हो भन्ने प्रमाणित श्रीराम जन्मकुण्डली तिर बिषयान्तर गरिनुले प्रस्टै देखाइदिएको छ। यदि उहाको मनसाय यो सीमा बिबाद कुटनैतिक लेबलमा बार्ता मार्फत सल्टाउनुपर्छ र जमिन फिर्ता गर्नुपर्छ भन्नेतिर हुन्थ्यो भने अनेक बखेडा झिकेर भारत सङ्ग निहु खोजेर बाताबरण बिथोल्ने तर्फ हुने थिएन । यति भनेर उहाँको बिरोध गर्यो भने अरास्ट्रीय, देशद्रोही, दलाल अनि लम्पसारबादी करार गरिन्छ र त्यो हुन तयार हुनुपर्छ।
चुच्चे नक्सा प्रकाशन पछी भारतकै केही वरिष्ठ पत्रकार र सत्तानिकट कै मान्छेहरु प्रमाण हेरेर टेबलमा बसेर कुटनैतिक पहलबाट सिमा बिबाद सल्टाउनुपर्छ भनिरहेकै थिय भारत भित्रै जनस्तरमा र अन्तर्राष्ट्रिय स्तरमा नेपालप्रती जुन सहानुभूति थियो त्यो उनिहरुको धार्मिक आस्थामाथि प्रहार गरेर त्यसलाइ जनतास्तर मै तिक्ततापुर्ण बनाउने र माटोमा मिलाउने कोसिस सम्माननिय प्रधानमन्त्री बाट भयो यी कुराले एउटा नागरिकलाइ त्यस्तो बकम्फुस्से कुरा गर्ने प्रधानमन्त्री को जनता हु भन्दा लज्जाबोध गराउछ ।

साम्सद भबनमा बेसारपुराण भनिरहदा माननीय गगन थापाको बेसारपानीले कोरोना कन्ट्रोल हुन्छ भनेर कुन डाक्टरले भन्यो भन्दा मैले भने सुन्नुभएन भने जस्तो सजिलो उत्तर यो बिषयको छैन। यो धार्मिक आस्थामाथिको प्रहार हो जो शासक भन्दा जनता सङ्ग जोडियको एकदम सम्बेदनशील बिषय हो।

उहाँ सर्बब्यापी, अपरम्पार शक्ति र ज्ञान भएको मान्छे हामी नेपालिले मानौला जस्तो गगन थापाले मान्दिनुभयो त्यस्तै कुरा बिश्वले मान्नेवाला छैन उनिहरुले त सायद भन्नेछ्न यी कुराहरु देखेर भेडाको मुखमा कुभिण्डो अटाउदैन भनेर ।

 

प्रतिक्रिया दिनुहोस