एसईईको नतिजा प्रकाशनका लागी कार्यविधि २०७७ जारी

विश्वभरि फैलिएको कोरोना महामारीको कारण स्थगित भएको गतवर्षको एसईईको (SEE) परीक्षाको मूल्याङ्कन गर्नका निमित्त राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा ले एसईई (विद्यार्थी नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७) जारी गरेको छ। कार्यविधिमा एसईईको नतिजा प्रकाशन गर्नको निमित्त समन्धित बिद्यालयका प्रधानाध्यापकको संयोजकत्वमा समिति गठन गर्नुपर्ने र विद्यार्थीको अन्तिम मुल्याङ्कन गरी परीक्षाफल प्रकाशन नगर्दा सम्मलाई गोप्य राख्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । सो कार्यविधि अनुसार विद्यार्थीको ल्याङ्कन गर्दा बि.स.२०७६ को कूल पूर्णाङ्कको सैद्धान्तिक र प्रयोगात्मक गरी पहिलो त्रैमासिकको १०, दोस्रोको ३० र तेस्रो त्रैमासिक परीक्षाको ६० प्रतिशत अङ्कभार दिइ ग्रेड निर्धारण गर्नुपर्नेछ ।
कार्यविधिमा स्थानीयतहको सहजीकरणमा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले विद्यालयका त्यस्ता मूल्यांकन विवरणलाई संकलन गरी सक्कल प्रति परिक्षा नियन्त्रण कार्यालयमा पठाउन भनिएको छ । गतबर्षको कक्षा १० को SEE परीक्षाका लागि ४ लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने १ हजार नौ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएका थिए ।
विद्यार्थी नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ मा समयतालिका भने खुलाइएको छैन गत वर्षको SEE परीक्षा एकदिन अगाडि मात्रै स्थगित गरिएको थियो ।

गएको जेठ २८ को मन्त्रिपरिषद्को बैठकले गत वर्षको अन्तिम मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय गरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस