राष्ट्रिय युवा संघ नेपाल, कपुरकोट गाउँपालिका कमिटिको तेश्रो अधिवेशन शनिबार […]
सरकारले देशमा जारी लकडाउको मोडालिटी परिवर्तन गरेर सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्था खोल्ने तयारी गरेको छ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन को तीन चरणकको मोडालिटी परिवर्तन गरेर आउदो असार १ गतेबाट विभिन्न कार्यालय खोल्ने निर्णय गरेको हो ।
असार १ गतेदेखि खुला हुने सेवाअन्तर्गत निजी तथा सरकारी अस्पताल, क्लिनिक, औषधि पसल ,खाद्यपदार्थ, तरकारी, फलफूल, खानेपानी उत्पादन ,पेट्रोलियम पदार्थको ढुवानी, फोहोरमैला व्यवस्थापन ,दुग्ध पदार्थ तथा पेयपदार्थ अण्डा, माछामासु बिक्रीवितरण ,सञ्चार तथा प्रसारण ,हुलाक सम्बन्धि सेवा, यसैगरि दमकल, एम्बुलेन्स, विद्युत सम्बन्धिका सेवा, कृषि तथा पशुपन्छी पालन, बैंक तथा वित्तीय संस्था ,सहकारी ,बीमा सेवा, उत्पादनशील उद्योग तथा निर्माण सामग्री सम्बन्धी उद्योग खुला रहनेछन् ।
कृषि बीउ बिजन, रसायनिक मल ,कृषि अौजार निजी तथा सरकारी क्षेत्रबाट सञ्चालित विभिन्न विकासे आयोजना, व्यवसाय उद्योग, मेसिनरी तथा सवारी साधनको मर्मत गर्ने वर्कसप ,पुस्तकालय विद्युतीय उपकरण , बिजुलीका सामान बिक्री, सबै प्रकारका ढुवानी सेवा ५०% कर्मचारी रहने गरी निजी तथा सरकारी गैरसरकारी क्षेत्रका विभिन्न कार्यालय तथा बैंक वित्तीय संस्था जस्ता सेवाहरु परीक्षणका लागि १५ दिनसम्म यस्ता सेवाहरु खुला रहनेछन् स-साना एक लहर मा एक जना मात्र यात्रु यात्रु राख्ने गरी विद्युतीय रिक्सा टेम्पो चालक बाहेक थप दुई जना यात्रु रहनेगरी ट्याक्सी तथा कम्तीमा दुई मिटरको भौतिक दुरी कायम रहनेगरी रेस्टुरेन्ट तथा खाजा घर खुला रहनेछन्।
यस्तै बन्द रहने सेवाअन्तर्गत विभिन्न तालिम केन्द्र, ट्युसन सेन्टर, कलेज ,शैक्षिकसंस्था विद्यालय ,खाद्य सामग्री बिक्री गर्ने बाहेकका departmental store हरु, सिनेमा हल ,मनोरञ्जन स्थल, पार्टी प्यालेस ,ठूलाठूला सभाहरू, पुजा तथा विवाहमा भोज भतेर जस्ता कार्यहरु ,तोकिएको बाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आउत् जाउत , अनुमति प्राप्त गरेका बाहेकका अन्तराष्ट्रिय तथा राष्ट्रिय उडान हरु, जात्रा, सम्मेलन, प्रदशन, मेला ,सभा २५ जनाभन्दा बढी सहभागी हुने बैठकहरु ,सबै प्रकारका धार्मिक स्थल तथा समाजिकस्थल, स्वीमिङपुल, जिमखाना ,सैलुन , खेलकुद मैदान हरु, अत्यावश्यक बाहेकका सबै सवारी साधनहरु, बेलुका ९ बजेदेखि बिहान 5 बजेसम्म एम्बुलेन्स, दमकल, शबवाहन र ढुवानी जस्ता सबै सेवाहरु बन्द रहनेछन् ।