सल्यानमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा तीन जना घाइते भएका […]
देशबासीका नाममा सम्बोधन गर्ने क्रममा आज प्रधानमन्त्री केपी शर्मा ओलीले स्थगित गरिएको एसईईको परीक्षा तत्काल सञ्चालन गर्न सम्भव नभएको बताएका छन् ।
परीक्षा नियन्त्रण कार्यालयले कोरोना भाइरस को स्थिति साम्य हुन बित्तिकै रोकिएको SEE को परीक्षा सञ्चालन गर्ने बताएपनि देशका विभिन्न स्थानमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आज देशवासीको नाममा सम्बोधन गर्ने क्रममा आज प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
अन्य कक्षाहरु को पठनपाठनका लागि भर्चुअल विधिबाट कक्षा सञ्चालन गर्नका लागि मन्त्रालयले नीतिगत व्यवस्था मिलाई रहेको प्रधानमन्त्रीको भनाइ रहेको छ।