खोलामा मृत अवस्थामा भेटिए ३२ बर्षिय युवा

सल्यान, १४ कार्तिक ।

सल्यानमा एक पुरुषको शव खोलामा फेला परेको छ । जिल्लाको दार्मा गाउँपालिका वडा नं ३ दोभान खोलामा स्थानीय ३२ वर्षीय भुवन चन्द मृत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक ईश्वर रोकायका अनुसार दार्मा गाउँपालिका, ४ गोवात निवासी चन्दको शव शनिबार बिहान खोलामा कोल्टे अवस्थामा फेला परेको हो । बिहान करिब ८ः३० बजे शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दार्माबाट प्रहरी नायब निरीक्षक दीपक थापाको कमाण्डमा तीन जना प्रहरी र इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी निरीक्षक यामबहादुर मल्लको कमाण्डमा पाँच जनाको टोली घटनास्थल पुगेको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस