सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले भदौ २३ र २४ […]
गत मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा मत पेटिका ढुवानी गरे वापतकाे भाडा ३ महिना बितिसक्दा समेत यातायात व्यवसायीले पाएका छैनन।
प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा मत पेटिका ढुवानी गरे बापत पाउने विभिन्न चारवटा यातायात प्रालिलाई रकम सम्झौता अनुसार भुक्तानी नभएको यातायात व्यवसायीले गुनासो गरेका छ्न।
पहिले जिल्ला भित्र जुन गाडीले जुनसुकै ठाउँबाट मतपेटिका ढुवानी गर्दा लागेको तेल खर्च चालक र सह-चालकलाई भत्ता र १० हजार भुक्तानी दिने सहमति भए पनि जिल्ला निर्वाचन कार्यालय सल्यानले त्यसाे नगरेकाे यातायात व्यवसायीकाे गुनासो रहेको छ। निर्वाचन कार्यालयले प्रत्येक गाडी धनीकाे बैंक खाताम १२ हजार मात्रै बचत गरिदिएपछि ढुवानीकाे क्रममा तेलकाे खर्च समेत पुर्ति नभएकाे उनिहरु बताउँछन्।
कालिमाटी गाउँपालिकाको दम दुवालीबाट दाङ हुँदै मतपेटिका ल्याएको गाडीले २० हजार बराबरको तेल खर्च गर्ने हुदा अधिकांश गाडीको लागेको तेलको पनि पैसा पाएका छैनन। जिल्ला निर्वाचन कार्यालयले सम्झौता विपरीत एकतर्फी भुक्तानी गरेपछि यातायात व्यवसायीले पटक पटक निवेदन दिदा पनि बेवास्ता गरेकाे यातायात व्यवसायी बताउँछन् ।
गत पुस ११ गते त्रिशिद्वेश्वरी यातायात प्रालिले आफ्ना ११ वटा गाडीले ढुवानी गरेकाे विवरण सहित जिल्ला निर्वाचन कार्यालय सल्यानलाई निवेदन बुझाएको थियाे तर त्यस यता पनि कार्यालयले कुनै वास्ता नगरेपछि यातायात व्यवसायी झन असन्तुष्ट बनेका हुन।
त्रिशिद्वेश्वरी यातायात प्रालि , सल्यान रुकुम यातायात प्रालि, शारदा यातायात प्रालि र नमस्ते राप्ती यातायात प्रालिका यातायात व्यवसायीले ढुवानी वापतकाे र त्यसबेला काम गरेका यातायात मजदुरले समेत ज्याला स्वरुपकाे रकम नपाएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङका सह सचीव प्रकाश भण्डारी ले गुराँस अनलाइन लाई बताए ।
मौखिक सम्झौता अनुसार दुरि अनुसार कम्तीमा १० हजार देखि बढिमा २३ हजार सम्म यातायात व्यवसायीले ढुवानी वापतकाे भुक्तानी पाउनुपर्नेमा १२ हजार मात्रै पाएकाे र यातायात व्यवसायीले निर्वाचन कार्यालयलाई ध्यानाकर्षण गराउदा समेत उल्टै धम्काउने तथा थर्काउने गरेकाे बताएका छन।
