शसस्त्र प्रहरी बल सक्षम अंगको रुपमा स्थापित, श्रोतसाधनले भरिपूर्ण बनाउनुपर्ने

सल्यान, १९ असोज ।

शसस्त्र प्रहरी बल नेपाल, आश्रीत गुल्म सल्यानले आफ्नो सातौँ स्थापना दिवस विविध कार्यक्रम गरेर मनाएको छ । सल्यान सदरमुकाम खलंगा स्थित लुहापिङमा आयोजित कार्यक्रममा शसस्त्र प्रहरी उपरिक्षक राजकुमार श्रेष्ठले गौरवमय इतिहास बनाउन सफल शसस्त्र प्रहरी देश र नागरिकको सुरक्षाका लागि अहोरात्र खटिरहने बताए ।

सशस्त्र प्रहरी बल, नेपाल ३२ नम्बर गण हेड क्वाटर रक्तकाली सुर्खेतका गणपती श्रेष्ठले सिमित श्रोत र साधनका बाबजुद पनि प्रचलित कानुनले तोकिएका जिम्मेवारीहरु पुरा गर्न शसस्त्र प्रहरी उच्च अनुशासनको साथ लागिरहेको भन्दै यस संगठनको काम अझै प्रभावकारी बनाउन सबै क्षेत्रको साथ सहयोगको अपेक्षा व्यक्त गरे ।

कार्यक्रममा शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले प्रभावकारी र सक्षम सुरक्षा अंगको रुपमा शसस्त्र प्रहरीले काम गरिरहेको भन्दै शान्ति सुव्यवस्था कायम राख्न, विपद् व्यवस्थापन लगाएतका क्षेत्रमा स्थानीय तहसंग समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिए । यस्तै सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले शसस्त्र प्रहरी बलको भुमिका सहरानीय रहेको भन्दै आपराधिक कृयाकलाप नियन्त्रण, विपद्को समयमा अझै यसको कार्यकुशलतालाइ अब्बल बनाउनुपर्ने भन्दै शसस्त्र प्रहरी बलका लागि भौतिक पूर्वाधार तथा श्रोत साधनको व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको बताए ।

कार्यक्रममा सहभागिहरुलाई धन्यवाद ज्ञापन गर्दै शसस्त्र प्रहरी बल नेपाल सल्यान गुल्मका गुल्मपति यज्ञरथ थापाले जिल्ला स्थित अन्य सुरक्षा निकायहरुसंग समन्वय गरेर काम गरिरहेको उल्लेख गरे । उनले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगौलिक अखण्डता, राष्ट्रिय स्वाधिन्ता, स्वाभिमान, नेपाली नागरिकहरुको हक हितको सुरक्षा, अबैध वन पैदावार तथा बन्यजन्तुको चोरी निकासी एवम् ओसारपसार लगायत घट्न सक्ने अपराधिक गतिविधीको नियन्त्रण गर्न, सशस्त्र संघर्ष, विद्रोह, आतंककारी तथा पृथकतावादी गतिविधी नियन्त्रण, हुल तथा दंगा व्यवस्थापन, विपदको समयमा खोज तथा उद्धार, राहत वितरण जस्ता कार्यहरु शसस्त्र प्रहरीले गर्दै आईरहेको जानकारी गराए ।

सो अवसरमा विभिन्न खेलकुद तथा व्यवसायीक प्रतियोगितामा उत्कृष्ठ हुने शसस्त्र प्रहरी कर्मचारीहरुलाई प्रमाणपत्र तथा मेडल वितरण गरिएको थियो । शसस्त्र प्रहरी कर्मचारीहरुले सांस्कृतिक प्रस्तुती पनि राखेका थिए ।

कार्यक्रममा शारदा नगरपालिकाका उपप्रमुख सुस्मीता सापकोटा, नेपाली सेना सिद्धिबक्स गण सिमखर्क सल्यानका प्रमुख सेनानी कृष्ण चन्द्र ठकुल्ला, राष्ट्रीय अनुसन्धान विभाग सल्यान जिल्लाका प्रमुख अनुसन्धान निर्देशक नेव बहादुर राणा, नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसी, उपाध्यक्ष सरिता चलाउने, पत्रकार दिपक शर्मा, विभिन्न कार्यालयका प्रमुखहरु, जनप्रतिनिधी लगाएतको उपस्थिती रहेको थियो ।

संगठन पुर्नसंरचना अनुरुप सशस्त्र प्रहरी बल नेपाललाई सम्पुर्ण जिल्लाहरुमा खटाउने रणनीती अनुसार २०७४ असोज १९ गतेबाट सशस्त्र प्रहरी बल नेपाल नं.३२ गण हे.क्वा. रक्तकाली सुर्खेत मातहत रहि कामकाज गर्ने गरी सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सल्यान, शारदा नगरपालीका, २ सुहापिङ्ग स्थित तत्कालिन सेक्टर वन कार्यालयको कार्यालय भवनमा स्वपना भई कार्यसम्पादन गर्दैआईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस