Are you prepared to experience the adventure of on-line casino […]
सल्यानमा एक स्थानीय महिलाको हत्या गरि फरार रहेको भनिएका आरोपि मृत फेला परेका छन।
चार दिन अघि शारदा नगरपालिका– १४ माल्नेटामा ४७ वर्षीया प्रमिला गिरिको घाँटी रेटि हत्या गरेरको आरो लागेका वडा नं. १४ ढारखानीका ५५ वर्षीय वीरबहादुर गिरी मृत फेला परेको प्रहरीले जनाएको छ।
हत्या आरोपित मृतक गिरि आफ्नै घर नजिकै तुसारेस्थित एक घरमा झुन्डिएको अवस्थामा बिहीबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।
आफ्नै घर नजिकै बारीमा घाँस काटन गएकि प्रमिलाको घाँटी रेटिएको अवस्थामा मृत फेला परेको दिनमै आफन्तले किटानी जाहेरी दिएपछि वीरबहादुर गिरी साउन २१ गते बेलुकीदेखि फरार रहेका थिए ।
अहिले गिरि मृत फेला परेको स्थान तर्फ जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरीको टोलि घटनास्थल तर्फ गएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हत्या गरिएकि प्रमिला र हत्या आरोपित वीरबहादुर नाताले जेठाजु बुहारी हुन।