Are you prepared to experience the adventure of on-line casino […]
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध परेको उजुरीको जवाफ पठाएका छन ।
देउवाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्नी डा. आरजू राणा देउवामार्फत उजुरीको जवाफ पठाएका हुन । देउवाले पठाएको जवाफ बिहान साढे ११ बजे कार्यालयमा दर्ता भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।
देउवाले प्रमाणसहित जवाफ पठाएको बताएका छन । देउवालाई जवाफ पठाउन दिउँसो २ बजेसम्मको समय दिइएको थियो। बिहान साढे ११ बजे प्रधानमन्त्री देउवाले पठाएकाे जवाफ कार्यालयमा दर्ता भएको छ। जवाफ हेरेर बेलुकी ५ बजेसम्म निर्णय लिने अधिकृत वाग्लेले जानकारि गराएका छन ।
नेपाली कांग्रेस (बीपी)का उम्मेदवार कर्णबहादुर मल्लले द्वारा जन्ममिति फरक भएकाे भनि डडेल्धुराबाट उम्मेदवारी दिएका प्रधानमन्त्री देउवाको मनोनयनविरुद्ध सोमबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो।
निर्वाचन आयोगले अस्ति उम्मेदवारी मनोनयन गरेका उम्मेदवारविरुद्ध हिजो १० देखि ३ बजेसम्म दाबी विरोधको समय तोकेको थियो।
देउवाको नागरिकतामा जन्ममिति विक्रम संवत् २००३ जेठ ३१ रहेको छ भने मतदाता नामावलीमा २००२ जेठ ३१ गते उल्लेख रहेको खुलेको छ। देउवा सातौं पटक डडेल्धुरा निर्वाचन लड्दै छन्।