बागचौर नगरपालिका १२ को पहिलो मतपरिणाम सार्वजनिक,माओवादीको अग्रता

३१,बैशाख २०७९

सल्यानको बागचौर नगरपालिका वडा नम्बर १२ को पहिलो मत परिणाम सार्वजनिक भएको छ।
पहिलो चरणको मत परिणाममा नेपाल कम्युनिस्ट पार्टी माओवादीको तर्फबाट मेयरका उम्मेदवार कृति बहादुर पुन प्रकाण्ड र उपमेयरमा सुम्निमा डि सी अग्रस्थानमा रहेका छन ।

सय मत गणना  हुँदा पुनले ५२ मत प्राप्त गरेका छन् भने उपमेयर डिसीले ५५ मत प्राप्त गरेकी छन् ।
कांग्रेसबाट मेयरका उम्मेदार बनेका जनकराज गौतमको ३५मत छ भने उपमेयर दीपा बस्नेतको पनि ३५ मत प्राप्त भएको छ।

यस्तै नेकपा एमालेको तर्फबाट मेयरको उम्मेदवार बनेका तिलक मल्लले १२ मत प्राप्त गरेका छन् भने उपमेयर भक्तकुमारी विएमले ९मत पाएकी छन।

माओवादीको तर्फबाट वडाध्यक्षमा सेते ओलीको ५४ मत रहेको छ। भने कांग्रेस का उम्मेदवार टिकाराम ओलीको ४५मत प्राप्त भएको छ।
उक्त वडामा नेकपा एमालेको तर्फबाट वडाध्यक्षको पदमा कुनैपनि उम्मेद्धार थिएनन् ।

प्रतिक्रिया दिनुहोस