राप्ती साहित्य परिषद् जिल्ला शाखा सल्यानले “सल्यान कविता सङ्ग्राम” आयोजना गर्दै

०२,जेष्ठ २०७८

०२,जेष्ठ सल्यान।जिल्लाको कला, साहित्य, संगीत र सर्जकका साहित्यिक गतिविधीलाई निरन्तरता दिने उद्देश्यले राप्ती साहित्य परिषद् जिल्ला शाखा सल्यानले “सल्यान कविता सङ्ग्राम” कार्यक्रमको आयोजना गर्ने भएको छ ।

सल्यानी सर्जकहरुको कविताप्रतिको मोह, र नेपाली कविताको श्रीबृद्धिका लागि कार्यक्रमको आयोजना गरिएको राप्ती साहित्य परिषद् जिल्ला शाखा सल्यानले जनाएको छ।

जिल्लास्तरीय रुपमा सञ्चालन हुने प्रतियोगितामा कविता विधामा कलम चलाउने देश तथा देशको जुनसुकै भु–भागमा रहेर पनि साहित्यलाई माया गर्ने सल्यानी साहित्य सर्जकहरु सहभागी हुन पाउनुहुनेछ ।

चार चरणमा सकिने कविता सङ्ग्राम कार्यक्रममा सहभागीता जनाउने सहभागीले आधारभुत नियम, सिद्धान्त भित्र हुनुपर्ने
जस्ता केही नियमहरु भने अवलम्बन गर्नुपर्ने परिषदले जनाएको छ।

यस्तै कार्यक्रममा पहिलो चरणमा एउटा कविता पठाउनु पर्ने र उक्त कविता कुनै कृतिमा प्रकाशन र समाजिक संजालमा पोष्ट नभएको हुनुपर्ने छ । कविता व्यक्तिगत अाक्षेप मुक्त हुनुपर्ने र कविता २०७८जेष्ठ १५ गते राती १२:०० बजे भित्र पठाइ सक्नुपर्ने छ ।

प्रथम चरणमा उत्कृष्ट १५( पन्ध्र ) प्रतियोगीको नाम सार्वजनिक गरिने र उत्कृष्ट १५ प्रतियोगिले दोस्रो चरणका लागि फेरी एक/ एक कविता पठाउनुपर्ने हुन्छ। , त्यसपछि उत्कृष्ट १०मा पर्ने प्रतियोगीहरु को नाम सार्वजनिक गरिने र ती उत्कृष्ट १० मध्येबाट दोस्रो चरण अर्थात् उत्कृष्ट ५ प्रतियोगीमा छनौट हुनकालागि फेरि १/१ कविता पठाउनुपर्ने परिषदले जनाएको छ ।

यसका साथै उत्कृष्ट ५ (पाँच )मा पर्ने प्रतियोगीहरुको नाम सार्वजनिक गरिने र ती ५ ( पाँच )प्रतियोगी बाट प्रत्यक्ष कविता बाचनको कार्यक्रम आयोजना गरिनेछ । जसमा उत्कृष्ट पाँच प्रतियोगीहरु कार्यक्रममा उपस्थित भई एक/ एक वटा कविता वाचन गर्नुपर्ने र निर्णायकको मुल्यांकनको आधारमा प्रथम,द्वितिय र तृतीयसङ्गै क्रमश पाचौं स्थानसम्म छनौट गरिनेछ ।

कुनै विवाद अाएको खण्डमा निर्णायक मण्डलको निर्णय नै अन्तिम निर्णय हुने र प्रथमको लागि रु. ७००० र दितियको लागि चार हजार यसैगरी तृतीयको लागि तीन हजार र प्रमाण-पत्र पुरस्कारको व्यवस्था रहेको राप्ती साहित्य परिषद् जिल्ला शाखा सल्यानले जनाएको छ।

यसैगरी चौथो र पाचौको लागि क्रमस दुई हजार र पन्ध्र सय तथा प्रमाण पत्र पुरस्कारको व्यवस्था रहेको छ परिषद्ले जनाएको छ

प्रतियोगितामा सहभागि हुनका salyaniprabin@gmail.comर salyaniprabin@gmail.com मा इमेल गरेर आफनो कविता पठाउन सकिनेछ।

यसैगरी प्रबिन भन्डारी अध्यक्ष ,इन्द्र भण्डारी अंकित उपाध्यक्ष,तारादेव शर्मा प्रदर्शन-सचिव,मनोजबाबु मनोहर सहसचिव ,सिर्जना विष्ट कोषाध्यक्षको व्यक्तिगत फेसबुक म्यासेन्जरमा समेत पठाउन सकिने छ ।

थप जानकारीका लागि सम्पर्क नम्बर ९८४७८४३०९४ ,९८६४३६३६५७ मा सम्पर्क गर्न सकिने र ” सल्यान कविता सङ्ग्राम ” प्रतियोगितामा सहभागी हुन सम्पुर्ण सल्यानी साहित्य मनहरुमा ,राप्ती साहित्य परिषद् जिल्ला शाखा सल्यानले अनुरोध समेत गरेको छ

प्रतिक्रिया दिनुहोस