१५६ औ मोति जयन्तिको अवसरमा राप्ती गजल सङ्गम कार्यक्रम २०७८ हुँदै

राप्ती साहित्य परिषद सल्यानले नेपाली साहित्यको माध्यामिक कालमा शृङ्गारधाराका प्रवर्तक तथा प्रसिद्ध साहित्यसेवी मोतीराम भट्टको जन्मजयन्तीको अवसरमा सल्यान, दाङ्ग र रोल्पाका ३/३ जना गजलकार गरि जम्मा ९ जना गजकारहरुलाई वाचकको रुपमा उभ्याई यहि मिति २०७८ भाद्र २२ गतेका दिन “राप्ती गजल सङ्गम कार्यक्रम २०७८” गर्न लागेको छ ।

कला साहित्य र सङ्गितलाई निरन्तर प्राथमिकतामा राख्दै सिङ्गो सल्यानि साहित्य र नेपाली साहित्य श्रीबृद्दिको लागि राप्ती सहित्य परिशद सल्यानले गर्ने कार्यक्रम बिल्कुल फरक शैली र साहित्यका सबै बिधालाई उत्तिकै महत्वका साथ समान रुपमा न्याय दिन सक्ने गरि कार्यक्रम गर्ने कुरा परिषदका अध्यक्ष प्रविन भन्डारीले जानकारी दिनु भएको छ ।

पछिल्लो समयमा साहित्य क्षेत्र निकै प्रभावकारी र उपलब्धी मुलक बन्दै आएको यो अवस्थामा राप्ती साहित्य परिषद सल्यानले पनि विभिन्न कार्यक्रमका साथ आफ्नो जिम्मेवारी पूरा गर्दै जाने क्रममा “पहिलो सल्यान कविता सङ्ग्राम कार्यक्रम २०७८” पश्चात् ” राप्ती गजल सङ्गम कार्यक्रम २०७८” गर्न लागेको कुरा परिषदका सचिव तारादेव शर्मा “प्रदर्शन” ले बताउनु भएको छ । साथै अन्लाईन मार्फत चलाईएको “पहिलो सल्यान कविता सङ्ग्राम कार्यक्रम २०७८” कोरोना महामारीका कारणले केही समय पछि धकेलिएको र उक्त प्रतियोगिताको स्टेज कार्यक्रम आउदो असोज महिनामा हुने कुरा पनि जानकारी दिनुभएको छ

“राप्ती गजल सङ्गम कार्यक्रम २०७८” सल्यानको खलंगामा हुनेछ भने उक्त कार्यक्रममा सल्यान, दाङ्ग र रोल्पाबाट गजल वाचकको रुपमा तल उल्लेखित गजलकारहरु उपस्थित हुनुहुनेछ ।

राजेन्द्र जिएम , सृजना देवकोटा , वाईबी जिएम (सल्यान)

प्रतीक सङ्ग्रामी , भुमी क्षेत्री , आशिष् कल्पबृक्ष (दाङ्ग)

सन्तोष मगर, सपना डागी ,दिलकुमारी बुढामगर (रोल्पा

प्रतिक्रिया दिनुहोस