यो वर्षको एसईई परीक्षा पनि केन्द्रबाटै सञ्चालन हुने

२७ माघ २०७७, मंगलवार

२७ माघ | कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) यो वर्ष पनि केन्द्र (संघ)बाटै सञ्चालन हुने भएको छ।

प्रदेश शिक्षा निर्देशनालयसँग समन्वय गरेर एसईईको परीक्षा केन्द्रले सञ्चालन गर्ने सोमबार बसेको मन्त्रिपरिषद्ले निर्णय गरेको हो।

मन्त्रिपरिषदको निर्णयअनुसार आगामी जेठमा तोकिएको एसईई परीक्षा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सञ्चालन गर्ने छ।

संविधानले विद्यालयस्तरको शिक्षा सञ्चालनको जिम्मा स्थानीय सरकारलाई दिएको छ। परीक्षा सञ्चालनको जिम्मेवारी चाहिँ प्रदेशलाई दिइएको छ।

विद्यालय क्षेत्रसम्बन्धी नयाँ संरचनाअनुसार कक्षा ८ को परीक्षा पालिकास्तरबाट, कक्षा १० को प्रदेशस्तरमा र कक्षा १२ को राष्ट्रियस्तरमा परीक्षा सञ्चालन गर्ने व्यवस्था छ।

 

प्रतिक्रिया दिनुहोस