दाङ, राप्ती साहित्य परिषद्काे केन्द्रीय अध्यक्षमा वरिष्ठ साहित्यकार टीकाराम उदासी […]
श्रीमद्भागवत गीता, महाभारतको एउटा भाग अत्यन्तै महत्वपूर्ण भाग हो । श्रीकृष्णले भन्नू भएको छ जब तिमिले यो (गीता) ज्ञान पाउछौ तब संसारमा कुनैपनी ज्ञानको आवश्यकता नै पर्दैन । महाभारत युद्ध सुरु हुदैगर्दा योद्धाहरु तयारी अवस्थामा हुदा अर्जुनलाइ संसारिक माया, मोह, करुणाले भावबिह्वल बनाउछ र धर्मयुद्ध गर्दिन भन्ने अवस्थामा पुर्याउछ तब अर्जुनका सारथि भगवान श्रीकृष्णले अर्जुनलाइ ब्राह्मज्ञान र बैराग्य दिनुहुन्छ ।
अर्जुन र श्रीकृष्ण बिचको बाचचित नै गीता हो । धृतरास्ट्र अन्धा थिए केही देख्नसक्दैनथे तर कुरुक्षेत्र युद्ध हेर्नलाइ भनेर महर्षी वेदव्यासले धृतरास्ट्रको सारथि संजयलाइ दिव्यदृस्टी दिनुभएको थियो । उनैले धर्मक्षेत्र कुरुक्षेत्रमा के के भइरहेको छ भनेर धृतरास्ट्रलाइ सुनाउदैछ्न ।
अध्याय १.अर्जुनबिषादयोग
श्लोक १.
धृतरास्ट्रले आज्ञा गरे- हे संजय !धर्मभुमी कुरुक्षेत्रमा युद्ध गर्न जम्मा भएका मेरा र पाण्डुका छोराहरु के गर्दैछन ।
श्लोक २.
संजयले भने – हे राजन ! पाण्डवहरुको सेनाको व्युहरचना देखेर युवराज दुर्योधन आफ्ना गुरुको नजिक गएर यो शब्द बोले ।
श्लोक ३.
हे आचार्य ! पाण्डवहरुको यो विशाल सेना हेर्नुस, जसलाइ तपाइकै बुद्धिमान शिष्य द्रुपदपुत्रले कौशलपुर्वक व्यवस्थित गरेका छ्न।
श्लोक ४.
यो सेनामा भीम र अर्जुन जत्तिकै युद्ध गर्ने क्षमता भएका अनेक वीर र धनुर्धर छ्न । जस्तै : महारथी सात्यकि, विराट तथा द्रुपद ।
श्लोक ५.
यिनिहरु सङ्गै धृष्टकेतु, चेकितान,काशिराज, पुरुजीत, कुन्तिभोज तथा मनुष्यश्रेष्ठ शैव्य जस्ता महान शक्तिशाली योद्धा पनि छन ।
श्लोक ६.
पराक्रमी युधामन्यु, बलवान् उत्तमौजा, सुभद्रापुत्र अभिमन्यु तथा द्रौपदिका पाँच पुत्र – यी सबै महारथी हुन ।
श्लोक ७.
तर हे ब्राह्मणश्रेष्ठ ! हजुरको सुचनाको लागि म मेरो सेना र उनी नायकहरुको बारेमा पनि बताउन चाहन्छु जो मेरो सेनाको सञ्चालन गर्नमा विशेष गुणले निपुण छ्न ।
श्लोक ८.
मेरो सेनामा स्वयं हजुर, भीष्मपितामह, कर्ण, कृपाचार्य, अश्वत्थामा, विकर्ण, तथा सोमदत्तको छोरा भुरिश्रवा आदि छ्न जो युद्धमा सधै विजयी भएका छ्न ।
श्लोक ९.
यस्तै अनेक वीर छ्न जो मेरा लागि जीवनत्याग गर्न तयार छ्न । उनिहरु विभिन्न हातहतियार सहित सुसज्जित छ्न र युद्ध बिद्यामा पनि उत्तिकै निपुण छ्न ।
श्लोक १०.
भिष्मपितामह द्वारा रक्षित हाम्रो सेना अजेय छ । जबकी पाण्डवको सेना भीम द्वारा संरक्षित हुदाहुदै पनि सिमित छ ।
श्लोक ११.
जे भएपनी सैन्यव्युहमा आफ्ना आफ्ना मोर्चामा कुशलतापुर्वक अडियर हजुरहरु सबैले भिष्म पितामहलाई पूरा सहयोग गर्नुस ।
श्लोक १२.
त्यसपछी कुरु वंशका वयोवृद्ध परमप्रतापी पितामहले सिंह गर्जनाको ध्वनी निकाल्ने आफ्नो शङ्ख बजाए, जसले दुर्योधनलाइ एकदम खुसी बनायो ।
श्लोक १३.
संगसगै शङ्ख, नगरा, ढोल, मृदङ, नरसिंहा एकैसाथ बजे । जुन अत्यन्त भयङ्कर कोलाहलमय थिए ।
श्लोक १४.
अर्कोतिर, सेता घोडाद्वारा सजिएको विशाल रथमा आसिन श्रीकृष्ण र अर्जुनले पनि आअ- आफ्ना दिव्य शङ्खहरु बजाए ।
श्लोक १५.
भगवान श्रीकृष्णले आफ्नो पान्चजन्य शङ्ख बजाउनुभयो, अर्जुनले देवदत्त शङ्ख र अति मानवकल्यानी भीमले पौण्ड्र नामको शङ्ख बजाए ।
श्लोक १६.
हे राजन ! कुन्तिपुत्र राजा युधिष्ठिरले आफ्नो अनन्तविजय नामको शङ्ख बजाए त्यस्तै नकुल र सहदेवले पनि सुघोष र मणिपुष्पक शङ्ख बजाए ।
श्लोक १७.
महान धनुर्धर काशिराज, परम योद्धा शिखण्डि, धृष्टधुम्न, विराट, अजेय सात्यकीले पनि शङ्ख बजाए ।
श्लोक १८.
पान्चाल नरेश द्रुपद, द्रौपदिका पुत्र तथा महाबाहु अभिमन्यु आदि सबैले आफ्नो आफ्नो फरक फरक शङ्ख बजाए ।
श्लोक १९.
यिनी विभिन्न शङ्खका कोलाहलपुर्ण ध्वनी आकाश र पृथ्वीलाई चुम्दै, घन्किदै धृतरास्ट्रका छोराको हृदयलाई क्षेतविक्षत गर्न लागे ।
श्लोक २०.
एसैसमय हनुमान अङ्कित ध्वजा वाला रथमा आसिन पाण्डुपुत्र अर्जुन आफ्नो धनुष उठाएर तीर चलाउन तयार भएका छ्न । हे राजन ! धृतरास्ट्रका छोराहरुलाइ विपक्षी सेनाव्युहमा देखेर अर्जुनले कृष्णलाई यी वचन भने ।
श्लोक २१.
अर्जुनले बोले – हे अच्युत ! कृपा गरेर मेरो रथ दुई सेनाको बिचमा लगिदिनुस ।
श्लोक २२.
जहाँबाट म यहाँ युद्धको अभिलाषा राख्नेहरु र शस्त्रास्त्रको यस महान परिक्षामा जसबिरुद्द मैले संघर्ष गर्नुपर्नेछ, उनिहरु सबैलाइ म स्पष्ट देख्न सकु ।
श्लोक २३.
मलाइ उनिहरुलाइ देख्न दिनुस, जो यहाँ धृतरास्ट्रको कुपुत्र दुर्योधनलाई खुसी पार्नका लागि भनेर युद्ध लड्न आएका छ्न ।
श्लोक २४.
संजयले भने – हे भरतवंशी ! अर्जुनले यसप्रकार सम्बोधन गरेपछी भगवान श्रीकृष्णले
त्यो दिव्य रथलाइ दुई विशाल सेनाको बिचमा लिएर आउनुभयो ।
क्रमशः ………………..(कैलाश के सी नेपाली अनुवाद )