बिल गेट्सलाई पछि पार्दै, एलन मस्क बने विश्वको दोस्रो धनी

९ मंसिर २०७७, मंगलवार


संसारकै धनाढ्यहरूको सूचीमा बिल गेट्सलाई पछि पार्दै एलन मस्क संसारकै दोस्रो धनी बन्न सफल भएका छन् । ब्लूम बर्गको बिलिनियर इन्डेक्स अनुसार मस्कको टेस्ला कम्पनीको सेयर भाउ बढेसँगै उनको सम्पति बढेको हो ।

अघिल्लो हप्ता फेसबुकका संस्थापक मार्क जुकरवर्गलाई पछि पारेका मस्कले मस्कको कम्पनी टेस्लाको सेयर भाउ उक्लेसँगै धनाढ्यको सूचीमा दोस्रो स्थानमा आफ्नो नाम लेखाउन सफल भएका हुन् ।

संसारकै धनाढ्यहरूको सूचीमा रहेका बिल गेट्सलाई पछिपार्दै एक स्थानमाथि उक्लिएर एलन मस्क दोश्रो धनाढ्य बन्न सफल भएको द गार्डियनले उल्लेख गरेको छ। माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स भने सबैभन्दा धनी व्यक्तिको सूचीमा तेस्रो स्थानमा रहेका छन।

ब्लुमबर्ग धनाढ्य सूचीमा गत जनवरीसम्म पनि मस्क ३५ औं स्थानमा भएको द गार्डियनले जनाएको छ। अहिले आएर उनी दोस्रो स्थान कायम गर्न सफल भएका छन्।

त्यस्तै चौथो स्थानमा फ्रान्सेली धनाढ्य बर्नाड अर्नल्ट छन् भने जुकरवर्ग थप एक स्थान तल झर्दै पाँचौँ स्थानमा पुगेका छन्। बर्नाडको कुल सम्पत्ति जुकरवर्गको भन्दा ३ अर्ब डलर बढी छ ।

प्रतिक्रिया दिनुहोस