विद्यार्थीले शिक्षक माग गर्दै बागचौर नगरपालिकाका काे कार्यालय मा नाराजुलुस […]
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सबै प्रकारका शिक्षण संस्थाहरूलाई परीक्षा सञ्चालन गर्न स्वीकृत दिएको छ । कोभिड १९ का कारण रोकिएको परिक्षा सञ्चालन गर्न विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा शिक्षण संस्थाहरूलाई स्वीकृति दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै यस्ता परीक्षा सञ्चालन गर्दा केन्द्र, प्रदेश र स्थानीय तहको सरकारले जारी गरेका सुरक्षाका मापदण्ड भने अपनाउनुपर्ने छ ।
ज्ञवालीले व्यवसायीक तालिम प्रदायकहरूलाई पनि तालिम दिन स्वीकृति दिएको बताए । तालिम प्रदायक संस्थाहरूले २५ जना संख्या नबढ्ने गरी तालिमका कार्यक्रम सञ्चालन गर्न सक्नेछन् ।
त्यस्तै सरकारले गत वैशाख १४ गतेको मन्त्रिपरिषद बैठकको निर्णयबाट स्थगित गरिएको राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको नियुक्ति प्रक्रिया पनि शुरू गर्ने निर्णय गरेको छ ।