२४ भाद्र, दैलेख । कर्णाली प्रदेश खेल्कुद परिषदकाे आयाेजनामा भाद्र […]
केही दिनयता देशको ठाउँ–ठाउँमा बिजुली जाने समस्या बढ्नथालेपछी उपभोक्ताले लोडशेडिङ हुन थालेको भनेर गुनासो गर्न थालेका छन् । कुलमान घिसिङ प्राधिकरणबाट बिदा भएपछि लोडशेडिङ हुन थालेको भनेर उपभोक्ताले गरेको गुनासोमा सत्यता नभएको बुधबार एक विज्ञप्तिमार्फत नेपाल विद्युत् प्राधिरकरणले जनाएको छ।
प्राविधिक समस्या र मौसमको कारण केही ठाउँमा विद्युत् आपूर्तिमा समस्या देखिएको प्राधिरकरणको भनाईरहेको छ । नियमित मर्मत सम्भार तथा प्रणाली सुधारको कार्य गर्दा विद्युत् आपूर्ति विच्छेद गर्नुपर्ने भएकोले पनि विद्युत् आपूर्तिमा समस्या भएको र जति सक्यो छिटो समस्या समाधानको लागि पहल भइरहेको पनी प्राधिरकरणले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।