सौगात रिजाल का ३ गजल

६ भदौ २०७७, शनिवार

1.

मन त छ नि नभए पनि धनी दुख लागेन
बाटोमै सुत्दा पनि तारा गनी दुख लागेन
महल रोजेर गएकी तिमी बेवारिसे भईछौ
छोडेकि थियौ त्रिपालमै छ भनी दुख लागेन
बाढीमा बग्दै गर्दा दर्शक बन्यौ सरकार
विमान हेर्दै मर्न पाईयो तनि दुख लागेन
तिमीलाई त्यति थर फेरिदा दुख लागेछ प्रिय
मलाई जिन्दगी नै फेरिदा पनि दुख लागेन

2.
लाग्न सक्छ घाउ लाग्न सक्छ खत भनेकै हुँ
छोरी अन्जान ब्यक्तिको नगर संगत भनेकै हुँ
केही दिनमै तिम्रो अस्तित्व मेटिएला फेरी
आजकल मायामा हुन्न हिफाजत भनेकै हुँ
भोलिको चिन्ता गर्दैमा समस्या टर्दैन तिम्रो
आज खुशी भए पक्कै मिल्छ मद्दत भनेकै हुँ
गल्ति गर्नेलाई बरु दिन सकिन्थ्यो माफी
धोका दिनेलाई दियौ गर्यौ गलत भनेकै हुँ
महलकि रानीले निलो आकास मन पराउँथिन
मैले त्रिपालबाटै हेर्न मिल्छञ् छत भनेकै हुँ

3.
चरिले गर्दैन बिश्वास हाँगाको पखेटाकै भर पर्छ
अर्कैकि मान्छे हौ तिमी तैपनि रिसाए असर पर्छ
तिमी यतिबेला पक्कै संङ्कट मा छौ मैले बुझे
दियो निभेपछी न मान्छेको बत्तिमा नजर पर्छ
प्रेमिकासम्म पुग्ने छोराको नजर तेता पुगेन
बृद बा आमा हुनुहुन्छ त्यहि जन्मेको घर पर्छ
यसै त भाग्यले ठग्यो तिम्ले पनि गोलाप्रथा गर्यौ
अब पकै तिम्रो भागमा अमृत मलाई जहर पर्छ

सौगात रिजाल

भुमेस्थान -६ सिम्ले, धादिङ

प्रतिक्रिया दिनुहोस