सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
कोरोना भाइरसको महामारी र लकडाउन ले गर्दा अहिले घरमै बसिरहेका विद्यार्थीहरुलाई अनलाइन कक्षा सञ्चालन गर्न र इन्टरनेटको आवश्यकतालाई ध्यानमा राखी एनसेलले विद्यार्थी लक्षित डाटा प्याकेज ल्याएको छ । त्रिभुवन विश्वविद्यालय सँगको सहकार्यमा एनसेलले यस्तो प्याकेज ल्याएको हो। १६ जिबी डाटा भोल्युम रहेको यो प्याकेजमा माइक्रोसफ्ट टिप्स प्रयोग गर्नका लागि १० जिबि साथै ४ जीबी अलटाइम प्याक प्रयोग गर्न सक्नेछन् भने २ जीबी प्याक अन्तर्गत विद्यार्थीले युट्युब, आइफिक्स र अन्य गुगल सर्भिसमा मा प्रयोग गर्न सक्नेछन् । विद्यार्थीहरुले माइक्रोसफ्ट टिम्स् मार्फत शिक्षक सँग अनलाइन शिक्षा लिन वा आफ्ना साथीसँग समूहमा बसी अध्ययन गर्न सक्नेछन् । यो प्याक *१७१२३*२०# डायल गरी वा अंग्रेजीको सानो अक्षर टाइप गरी १७१२३ मा एसएमएस पठाई सेवा सुचारु गर्न सक्नेछन् । साथै एनसेलएप बाट पनि यो प्याक लिन सकिने कम्पनीले जनाएको छ । विद्यार्थीले रु १५० (कर सहित १९१.५४) डफ यो प्याक सुरु गर्न सक्नेछन् । सुचारु गरेको ७ दिनसम्म यो प्याक मान्य हुनेछ ।