सल्यान, ४ असोज । सल्यानको त्रिवेणी गाउँपालिका वडा नम्बर २ […]

भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालतमा असोज २९मा भ्रष्टाचार मुद्दा दायर भएपछि एक वडाध्यक्ष निलम्बित भएका छन ।धनुषाको जनकपुरधाम उपमहानगरपालिका १३ मा वडाध्यक्ष शुव नारायण मण्डल र कार्यालय सहयोगी दिलिपकुमार पंजियार भ्रष्टाचार मुद्दामा मुछिएका हुन । कार्यवाहक अध्यक्षको जिम्मा वडा सदस्य भारती सिंहले पाएकी छन् । उनले आइतबार औपचारिक रुपमा कार्यभार सम्हालेकी हुन् ।
प्रमुख प्रशासकीय अधिकृत मेहिलाल यादवद्वारा जारी पत्रमा सेवाग्राहीको काम सहजीकरणका लागि २०७७ मंसिर १७ गतेको टिप्पणी निर्णय अनुसार निलम्बित वडाध्यक्ष मण्डल फुकुवा नभएसम्मका लागि सिंहलाई कार्यवाहक अध्यक्षका रुपमा कार्य सम्पादन गर्न जिम्मेवारी तोकिएको छ ।
असोज १५ मा कार्यालय सहयोगी पंजियारले नागरिकताका लागि सिफारिस गर्न एक सेवाग्राहीसँग २४ हजार घुस लिँदैगर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले पक्राउ गरेको थियो । उनले वडाध्यक्ष मण्डलकै निर्देशनमा घुस लिएको वयान दिएका थिए ।
