सल्यान, साउन २७ । भेरी नदीमा जीप खस्दा जीपसंगै बेपत्ता […]
दाङ,२७ साउन ।
दाङको लमहीमा एक करोड ६५ हजार बत्ती प्रज्वलन गरिएको छ । परोपकार अमृत नेपाल दाङको आयोजनामा सञ्चालित एकमहिने श्रीशिव महापुराणको अवसरमा दीप प्रज्वलन गरिएको हो ।
ज्येष्ठ नागरिकको सेवा र संरक्षणका लागि ‘परोपकार अक्षयकोष’ स्थापना गर्ने उद्देश्यले महापुराण आयोजना गरिएको हो । भक्तजनले तीन हजार रुपैयाँ सहयोगमा आफ्नो नाम, परिवार वा इच्छाअनुसार लक्ष्मी बत्ती बाल्ने व्यवस्था गरिएको थियो ।
एक करोडभन्दा बढी बत्ती एकैपटक प्रज्वलन भएपछि लमहीको महापुराणस्थल झिलिमिली र भक्तिमय बनेको थियो । दीप प्रज्वलन कार्यक्रममा ठूलो संख्यामा भक्तजनको सहभागिता रहेको आयोजकले जनाएको छ ।
धार्मिक आस्थालाई सामाजिक सेवासँग जोड्ने उद्देश्यले गरिएको दीप प्रज्वलनबाट संकलित सहयोग ज्येष्ठ नागरिकको हितमा खर्च गरिने आयोजकको भनाइ छ ।
एक महिनादेखि सञ्चालन हुँदै आएको शिव महापुराण बिहिवार समापन हुँदैछ ।
