काठमाडौं । नेपालको सबैभन्दा पवित्र धार्मिक तीर्थस्थल मानिने पशुपतिनाथ क्षेत्रलाई […]
२९ असोज । कर्णाली प्रदेशमा बिहीबार बिहानै देखि टेलिफोन सेवा अवरुद्ध भएको छ । कर्णाली प्रदेशका सबै जिल्ला र प्रदेश ५ का केहि जिल्लामा टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगंजका प्रमुख शिवराज खनालले बताउनु भयो ।
बुटलवल बिग्रेको खबर आएको र तत्काल मर्मत कार्य भइरहेको खनालले बताउनु भयो ।
मोवाइल सेवा, ल्याडलाइन र एडिएसएल सेवा अवरुद्ध भएपछि यहाँका नागरिक सहज संचार सेवाबाट बञ्चित भएका छन् । टेलिफोन सेवामा नेटर्वक आउने जाने समस्या देखिएको छ ।
