कर्णालीमा भाेलि सार्वजनिक बिदा

०३ श्रावण २०८२

कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना तथा शहीद दिवस- २०८२ काे अवसरमा भाेलि (बुधबार) सार्वजनिक बिदा दिने भएकाे छ ।

मन्त्रिपरिषद् बैठककाे निर्णय बमाेजिम प्रदेश स्थापना तथा शहीद दिवसको उपलक्ष्यमा प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ–संस्थाहरूमा सार्वजनिक बिदा दिइएकाे हाे ।
२३ भदाै २०७२ काे मध्यरात प्रमुख चार राजनीतिक दलका शीर्ष नेता सम्मिलित संविधानसभाको विशेष समितिले ६ प्रदेशको सीमाङ्कनसहित संघीयताको खाका सार्वजनिक गरेपछिकाे विवादले अन्ततः आन्दाेलनकाे रुप लिएपछि कान्छाे प्रदेशका रुपमा कर्णाली प्रदेश जन्मिएको थियाे ।
प्रदेश प्राप्तिकाे आन्दोलनमा चार जनाले ज्यानसमेत गुमाएका थिए । आन्दोलन उत्कर्षमा पुगेपछि अन्ततः ४ भदाै २०७२ मा साविक कर्णाली अञ्चलसहित भेरी अञ्चलका सुर्खेत, दैलेख, जाजरकोट र राप्ती अञ्चलका सल्यान, रुकुम–पश्चिम जिल्लालाई समेटेर कर्णाली प्रदेश स्थापना भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस