काठमाडौं । नेपालको सबैभन्दा पवित्र धार्मिक तीर्थस्थल मानिने पशुपतिनाथ क्षेत्रलाई […]
२१ – मंसिर ।
दश बुदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै दुई दिवसीय दिवा खाजा सम्बन्धि अभिमुखिकरण कार्यक्रम आज बागचौरमा सम्पन्न भएको छ ।
बागचौर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा आयोजित उक्त कार्यक्रममा नगर प्रमुख तथा स्थानीय शिक्षा समिति अध्यक्ष लोकमान बुढाथोकीकाे प्रमुख आतिथ्यता, नगर उपप्रमुख श्री कल्पना पुनकाे विशिष्ट आतिथ्यता सम्पन्न भएकाे छ ।
हाेटल शारदा टपकाे सभा हलमा आयाेजना गरिएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राम बहादुर हमाल र इ प्र का थारमारे प्रमुख सुशील थापाको आतिथ्यतामा बागचौर नगरपालिका भित्र रहेका ६८ वटा समुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूकाे उपस्थित रहेकाे थियो ।
दुई दिन सम्म सञ्चालनमा रहेकाे कार्यक्रमले बागचौर नगरपालिका भित्र सञ्चालित सम्पूर्ण सामुदायिक विध्यालयहरूमा दिवा खाजा मापदण्ड अनुसार व्यवस्थापन गर्न सामुदायिक विद्यालयमा प्र.अ. तथा शिक्षकले दस बुदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेकाे शिक्षा युवा तथा खेलकुद शाखाका कर्मचारी बिरेन्द्र प्रकास डि सी ले बताएका छन् ।
उक्त कार्यक्रमको संचालन बिरेन्द्र प्रकास डि सी र अध्यक्षता शाखा प्रमुख टेकबहादुर डि सीले गर्नु भएको थियो ।कार्यक्रममा सहभागीहरु लाई शिक्षा, युवा तथा खेलकुद शाखाका कर्मचारी रबिकिरण ओलीले स्वागत मन्तव्य राखेर स्वागत गर्नु भएको थियो ।
