बागचौर नगरपालिका क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने […]
०८,भाद्र।सल्यानमा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कुमाख गाउँपालिका–४ निवासी ५१ वर्षीय लिलाधर शर्मा रहेका छ्न। मंगलवार स्थानीय मर्मखोलाले बगाएर उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घरबाट रागेचौर तर्फ जानेक्रममा उनलाइ मर्मखोला ले बगाएर बेपत्ता भएको खबर स्थानीयले इलाका प्रहरी कार्यालय रागेचौरलाई दिएका थिए।
खबर पाएलगत्तै स्थानीय र प्रहरीले उनको खोजी गर्दा कुमाख गाउँपालिका –२ शान्ती बजार स्थित खोलाको किनारमा उनको शव फेला परेको हो ।
घटनाका विषयमा थप अनुसन्धान भइ रहेको छ ।

