बागचौर नगरपालिका क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने […]
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ सल्यानले आज आगलागी पिडितलाइ राहात बितरण गरेको छ ।

चैत ६ गते एक्कासी आगलागी हुंदा घरबार बिहिन बनेका कपुरकोट गाउंपालिका वडा नम्बर २ दानबाङका सुक बहादुर बुढा,चित्र बहादुर घर्ती र केशर घर्तीको घरपरिवारलाई राष्ट्रिय युवा संघ सल्यानले राहात बितरण गरेको हो ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा सल्यानका अध्यक्ष रुपक बुढा र नेकपा एमाले कपुरकोट गाउंपालिका गाउं पार्टी सदस्य ईश्वर बुढाको अगुवाइमा बिभिन्न ब्यक्तिबाट संकलन गरिएको नगद ७१ ह्जार १५ रुपैया र ४ हजार ५ सय बराबरको कपडा गरी ७५ हजार ५ सय १५ रुपैया राहात बितरण गरिएको राष्ट्रिय युवा संघ सल्यानका अध्यक्ष रुपक बुढाले जानकारी दिनु भएको छ ।
पे्रस चोतारी सल्यानका अध्यक्ष सन्तोष घर्तीले सहजिकरण गर्नु भएको राहात बितरण कार्यक्रममा राष्ट्रिय युवा संघ सल्यानका अध्यक्ष रुपक बुढाले आगलागि पिडितहरुको घर निर्माण गर्न आफुहरुले सहयोगका लागि बिभिन्न ब्यक्ति तथा संघ संस्थासंग अनुरोध गरेको जानकारी गराउदै घर निर्माणका बेला आफ्ना युवाहरुलाई श्रमदान गर्न खटाइने बताउनु भयो ।।
