बागचौर नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

२०८० माघ १४

बागचौर नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । आइतबारदेखि जनकल्याण नमुना माध्यमिक विद्यालय थारमारेमा प्रतियोगिता सुरु भएको हाे ।

बागचाैर नगरपालिकाका नगर प्रमुख तथा नगर शिक्षा समिति अध्यक्ष जनकराज गाैतमकाे अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले गरेका थिए।

उक्त कार्यक्रमकाे उद्घाटन प्रमुख अतिथि मन्त्री सिंहले ब्यानर पढेर तथा दीप प्रज्वलन गरेका थिए । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै मन्त्री सिंहले मुलुककाे राजनीतिक परिवर्तन, विकास संगै मुलुकलाई अझै उचाइमा पुर्‍याउनका लागि राज्य तीन तहमा विभाजन भएर विकास पुर्वाधारका चरण पार गर्दै आयको र राष्ट्रका गहना तथा भविष्यका कर्णधार निर्माण गर्नका लागि विद्यालय क्षेत्रमा विद्यार्थीहरुलाई व्यवसायीक, सीपमूलक तथा समयानुकूल शिक्षा निति प्रदान गर्दै आयको बताउनुभयो । त्यसका साथै खेलकुदलाई पनि महत्त्वका साथ अगाडि बढाउनुपर्ने आजको दायित्व र कर्तव्य भएको भन्दै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले खेल क्षेत्रमा टेवा पुग्ने बताए । बागचाैर नगरपालिका स्तरीय निर्माणाधीन खेलकुद मैदान निर्माणका लागि थप बजेटकाे व्यवस्थापन गर्ने, निर्माणाधीन शहीद राजेन्द्र पार्क र जनकल्याण नमुना माध्यमिक विद्यालयकाे निर्माणाधीन भवन निर्माण तथा वडा नं. १२ खाैला दाेभान बजार सडक स्तरउन्नतिका लागि थप बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरपालिकाकाे समग्र विकासका लागि आवश्यक सहयोग गर्ने बताए।

नगर प्रमुख गौतमले खेलाडीहरुले अनुशासीत, मर्यादित भएर खेल खेल्न र रेफ्रीहरुबाट भेदभावरहित, निष्पक्ष रुपले खेलाडीहरु छनोट गर्न निर्देशन दिएका छन । खेलाडीहरुलाई उत्कृष्ट भै पालिका स्तर सगै जिल्ला स्तरीय रनिङ शिल्डमा बागचौर नगरपालिकाको नाम उच्च राख्न सफल हुनका लागि शुभकामनाका साथै खेलाडीहरुकाे उज्ज्वल भविष्य कामना गरेका छन।

कार्यक्रममा स्वागत मन्तव्य नगर उप-प्रमुख सुम्निमा डि.सी वलीले दिएकि हुन । त्यस्तै शुभकामना मन्तव्य कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह, विशिष्ट अतिथि जिल्ला समन्वय समिति सल्यान प्रमुख बेलाराम रावले राखेका थिए।कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायत, नगर प्रवक्ता दिपेश डि.सी, शिक्षा युवा तथा खेलकुद विकास समिति संयोजक टिकाराम वली, विभिन्न वडाका वडा अध्यक्ष, विभिन्न राजनीतिक दलका नेता, कार्यपालिका सदस्य, नगर शिक्षा समिति र परामर्श समितिका पदाधिकारी, वडा सदस्य, विभिन्न विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, खेल प्रशिक्षक, सुरक्षाकर्मी, पत्रकार शिक्षक, विद्यार्थी, विभिन्न संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि, खेलाडी लगाएत नगरवासीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण जनकल्याण नमुना माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक तुल्सीराम बस्नेतले गरेका थिए। प्रतियोगितामा १२ वटा माध्यमिक विद्यालयले भाग लिएका छन । भलिबल (छात्र छात्रा) कबड्डी (छात्र छात्रा) एथ्लेटिक्स (छात्र, छात्रा), मार्सलआर्ट अन्तरगर्त कराते र तेक्वान्दो खेल संचालन हुनेछ । प्रतियोगिता २०८० माघ १६ गतेसम्म संचालन हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस