सल्यान, ४ फागुन । सल्यानको दमाचौरमा छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष कप […]
बागचाैर नगरपालिकाकाे आयोजनामा दाेस्राे मेयरकप खेलकुद प्रतियोगिता सुरु भएको छ ।
बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमकाे अध्यक्षतामा जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलकाे प्रमुख आतिथ्यतामा दाेस्राे मेयरकप खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको हाे ।
बागचाैर नगरपालिकाका सम्पूर्ण वडामा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न गरेर नगरपालिकामा दाेस्राे मेयर कप प्रतियोगिता सुरु भएको हाे । मेयरकप खेलकुद प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि बेलाराम रावलले पानसमा द्धीप प्रज्वलन गरी तथा ब्यानर पढेर गर्नुभएको थियाे ।
उक्त उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावल, बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतम, नगर उप-प्रमुख सुम्निमा डि.सी वली, प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतम, नगर प्रवक्ता दिपेश डि.सी, नगरपालिकाका सम्पूर्ण वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न राजनीतिक दालका नेता, कर्मचारी, पत्रकार, खेलाडी, रेफ्री, विभिन्न आमा समुह लगायत नगरवासीहरुकाे उपस्थित रहेको थियो ।
२०८० जेष्ठ ७ गते उदघाटन भएको प्रतियोगिता २०८० जेष्ठ १० गतेसम्म संचालन हुनेछ ।