सल्यान, ११ माघ । सल्यानमा कृषि तथा पशुपन्छी बीमा सम्बन्धि […]
पूर्वमन्त्री टेकबहादुर बस्नेत तथा नगरप्रमुख लोकमान बुढाथोकीको वडामा नेपाली कांग्रेसको सिंगो प्यानल बिजय भएको छ । नेपाली काङ्ग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार बनेका सुशील चन्द र उनकाे सिंगो प्यानल विजयी भएकाे हाे।
कुल १२४८ मत खसेको उत्त वडामा चन्दले ६०६ मत ल्याइ विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्दी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार बनेका कबिराम बस्नेतले ५२१ मत ल्याएका छन । यस्तै नेकपा एमालेका उम्मेदवार बिजन विकले ७१ मत र स्वतन्त्र वडाध्यक्ष पदका उम्मेदवार पुतली चिन्हबाट ८ मत प्राप्त गरेका छन ।
नगरपालिका भित्रका वडा नम्बर १०,११,१२,१,४,६,७ लगायतका वडाहरुलाई माओवादी केन्द्रको बलियो पकड का रुपमा लिने गरिन्छ।
जसमा ३, ५, ८, ११ र १२ गरि पाँच वडामा नेपाली काङ्ग्रेस विजयी भएकाे छ भने बाँकी ३ वटा ४, ६ र ७ वडामा मात्रै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीकाे संयुक्त गठबन्धनले जितहात पारेकाे छ। बाँकी दुइ वडा ९र १० नेकपा एमालेले विजय प्राप्त गरेको छ ।
गत ७४को स्थानीय चुनावमा नगरपालिकामा राम्रो प्रभाव जमाउन सकेको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र यो स्थानीय चुनावमा कमजोर बनेको छ। माओवादी केन्द्र बलियो रहेको यस नगरपालिकाका वडाहरुमा कम्जोर बन्दै गएपछि त्यसको असर नगर प्रमुखको उम्मेद्धारलाई समेत पर्ने देखिन्छ ।
एकीकृत समाजवादी तथा माओवादी केन्द्रको तर्फबाट गठबन्धनको उम्मेदवार बनेका कृति बहादुर पुन प्रकाण्डले ४८४८ मत पाएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार जनक उत्तमले ४८६१ मत प्राप्त गरेका छन् । यी दुईबीचको मतान्तर जम्मा १३ रहेको छ।
बागचौर नगरपालिकामा हाल वडा नम्बर एक र दुईको मत गनना भइरहेको छ। जुन वडाहरुमा नेपाली कांग्रेसको लागि राम्रो मत आउने सम्भावना रहेकाले एकथरीले अबको नगर प्रमुख जनक राज गौतम लाई आकलन गर्न थालिसकेका छन। गौतमले आफ्नो मतान्तर लाई कम गर्दै लगेमा जित्ने सम्भावना समेत देख्न सकिन्छ।