सल्यानमा निर्वाचनको लागि कर्मचारी खटनपटनमा विभेद

२२ वैशाख, २०७९ बिहिबार

२२ वैशाख, सल्यान । २०७९ बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा सल्यानका लागि खटिने कर्मचारीहरुको सार्वजनिक विवरण प्रति नेपाल राष्ट्रिय कर्मचारी संगठन बागचौरको गम्भिर ध्यानाकर्षण गराएको छ ।

बागचौर नगपालिकाका प्राय:करार कर्मचारीहरुलाई खटिने विवरणमा समावेश नगरिएको केहि पालिकाहरुबाट धेरै खटाइएको तर बागचौर नगरपालिकाका शिक्षक तथा कर्मचारीहरु कम खटाइएकोले विभेदको अनुभूति भएको नेपाल राष्ट्रिय कर्मचारी संगठन बागचौर नगर समितिका सचिवले  बताएका छन् । अधिकृत स्तरका कर्मचारीलाई सहायक कर्मचारीको रुपमा खटाइएको जस्ता त्रुटि पाइएकोले असन्तुष्टि रहेको कुरा प्रेस विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।

लोकतन्त्रमा असन्तुष्टि प्रकट गर्न पाइने हुँदा त्यस्ता असन्तुष्टिलाई व्यक्तिगत तथा असयोगको रुपमा नलिइ आगामि दिनको लागि सुझाव एव् सुधारका लागि अनुरोधका रुपमा लिन पनि सम्बन्धित सबैमा आग्रह गरेका सचिबले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस