बागचौर नगरपालिका मा भरत बस्नेतको उम्मेद्वारी किन?

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै सल्यानको बागचौर नगरपालिकामा भरत बस्नेतले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

उनले अबको आवश्यकता अनुसार सबै चल्नुपर्ने बताएका छन् आज के आवश्यक छ बुझ्न जरुरी छ सबै नेताहरुले राजनीतिलाई पेशा बनाएर आयआर्जन गरिरहेकाले अब शुद्ध सेवाकाे राजनीति गर्नुपर्नेमा यहाँ दम्भ अहंकार असक्षमताको र कुलिन वर्गका केही सिमिति व्यक्तिहरूको क्रिडास्थल बनेको छ।

त्यसबाट जनताको इच्छा चाहना दबिएको छ । नेताहरुले आफ्नो दुनो सोझ्याउने र कालान्तरमा जनतालाई भेडाको संज्ञा दिन पनि पछि परेको परेका छैनन् ।

यो सबैले बुझ्न जरुरी छ अब आम युवा पङ्क्तिहरू उनीहरको दास बन्ने हैन सर्वसाधारण सोझा निमुखा जोस संगै होस् भएका जनतालाई झुक्याएर कमाउँधन्दामा लागेका नेताहरुलाई पन्छाउन को निम्ति योग्यता क्षमता समय परिस्थितिलाई बुझेर विकासको मूलधारमा ल्याउनसक्ने नेतृत्वको कमीलाई बुझेर नै नगरप्रमुखको दाबी गरेको छु ।

सरकारबाट प्राप्त विकासलाई आफ्ना कार्यकर्ता पालनपोषण गर्न, अाफनाे पछाडी हिँडाउन, एकल राजनीतिको मियोमा अडिरहन जुन खालको दुस्प्रयास गरेका छन त्यस्ता गतिविधि राेक्न खबरदारी काे लागि
मैले त्यसको फरक तरिकाले यहाँको भौगोलिक विकटता, भू स्वरुप ,सामाजिक अवस्था,आर्थिक गतिविधि राजनैतिक विचार र दर्शनमा कार्यकर्ताको बुझाइलाई अध्ययन गरि समृद्ध नगरपालिका निर्माणको निम्ति बृहत योजना बनाई नगरप्रमुख उम्मेदवारी दिने तयारी गरेको छु ।

समकालिन अवस्थामा राजनीतिक कार्यकर्ताहरुमा एउटा दम्भ अंहमकार याे तेराे याे मेराे भन्ने विकास हैन विकृति मौलाउँदै गईरहेको छ । सरकारको बजेट दुरुपयोग गरी आफ्ना आसेपासेहरुलाई ठेक्कापट्टा र निर्माण समितिको जिम्मा दिदै बर्मालुट तन्त्रकाे विकास भएको घिनलाग्दो प्रवित्तिलाई हटाउनको लागि मेरो पहलकदमी रहनेछ । यसैगरी सरकारका करार नियुक्ति सिर्जना गरी आँफ्नै छडी पकडी भरौटेहरु विराजमान बनाउने प्रथा अन्तय गर्न स्वच्छ छनौट प्रक्रियाको बिकास गर्न हामी जस्तो सम्पूर्ण नगरभित्रका शिक्षित युवाहरु कुनै पार्टीको भक्ति नभई गलत कुराको विरोध र असल कुराको प्रशंसा गर्दै एकाकार हुन अनुरोध गर्दै अा अाफ्नाे र क्षेत्रबाट सहयोग गर्न आग्रह गर्दै सक्षम ब्यक्ति काे अाबस्यकताकाे बाेध गराउनकाे निम्ति अाफ्नाे उम्मेदवारी घाेषणा गरेकाे बताएका छन ।

काे हुन भरत बस्नेत

सल्यान जिल्ला बागचाैर नगरपालिका वडा नं १ का स्व. बुवा रुद्र बहदुर बस्नेत र अामा पुर्णिामा कुमारी बस्नेतका छाेरा भरत बस्नेत एक शिक्षित परिवारकाे सदस्य हुन ।उनले हाल बागचाैर न पा २ थारमारे मा निजि बिधालय सञ्चालन गरेका छन ।

उनकाे जन्म वि. स. २०३९/०५ /२५ गतेका दिन सल्यान , साविक थारमारे गा. वि. स. वार्ड नं १ , ध्याप मा भएकाे हाे । उनले नेपाली बिषयमा त्रिभुवन विश्वबिधालय बाट एम. एड. प्रथम श्रेणीमा उतिर्ण गरेका छन । शिक्षण क्याम्पस तहमा करिब अढाई वर्षसँगै विद्यालय तहमा करिब २३ वर्ष अध्यापन गराइरहेका छन ।

उनकाे राजनैतिक यात्रा तत्कालीन ने. क. पा. एमालेमा २०५६ साल कक्षा १० मा अध्ययन देखि नै प्रवेश गरि २०५७ मा एमाले सम्बद्ध काठमाडौं – सल्यान सम्पर्क मञ्चको सह- सचिव भएका थिए । २०७५ मा एमालेको सक्रिय सदस्य बनेका बस्नेत नेकपा एमालेका बागचाैर नगर कमिटि समेत भएका थिए । साहित्यिक यात्रा सँगै पत्रकारिता मा चासाे राख्ने उनि हवाई पत्रिकाको सह- सम्पादक , काठमाडौंबाट प्रकाशित चेतना प्रवाह मासिक पत्रिकाको सह- सम्पादक भइ बिगत लामाे समयय सम्म काम गरेका थिए । थुप्रै समीक्षात्मक लेख तथा फुटकर रचना सिर्जना गर्ने उनि शैक्षिक क्षेत्रकाे बिकास गर्न सकृय मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस