सरकारी बिद्यालयकाे प्रतिपक्ष, संस्थागत विद्यालय – नगर प्रमुख बुढाथोकी

२०७८ पुष, ३ शनिबार

३ पुष । बागचाैर नगरपालिकाका शिक्षा संयाेजक तथा नगर प्रमुख लाेकमान बुढाथोकीले सरकारी बिद्यालयकाे प्रतिपक्ष, संस्थागत विद्यालय भएकाे बताएका छन ।

निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) सल्यानको चाैथाे अधिवेशन कार्यक्रममा बाेल्दै बुढाथोकीले प्याब्सन सल्यान लाई चौथो जिल्ला अधिवेशनको सफलताको शुभकामना दिदै स्थानीय सरकार र आफ्नो व्यक्तिगत तर्फबाट निजी विद्यालय माथि कुनै पनि पुर्वाग्रही राखेर अन्याय नगरेको र सधैं सहकार्य गर्दै अगाडि बढ्ने बताएका छन ।

हामी सरकार वाला कुरा ठुला गर्छाै र पनि निजि बिधद्यालयमा छाेरा छाेरि पढाउन छाेड्दैनाै । निजि बिध्यालयहरुले आफु संकटमा रहेर पनि राज्यलाई शैक्षिक क्षेत्रमा ठुलाे सहयाेग गरेकाले उनिहरुलाइ भुल्न नहुने भन्दै अबकाे शिक्षाको नितिनिर्माण गर्दा राज्यले समेटेर लिनुपर्ने बताएका छन ।

उनले एमएम एकेडेमी खलंगा सल्यानले तयार गरेको राष्ट्रिय सुरक्षा दल (NCC) विद्यार्थीहरुले देखाएको पिटी प्रेडसँगै नृत्यले आफुलाई मुक्तिको लागि घरपरिवार छोडेर हिडेको दिनको सम्झना दिलाएको साथै प्रतिपक्षीको भुमिका निर्वाह गर्दै सरकारी विद्यालयलाई चुनौती दिएको बताएका छन ।

बुढाथोकीले राष्ट्रिय सुरक्षा दल (NCC) विद्यार्थीहरुको कलाबाट प्रभावित हुदै निजी विद्यालयको लगानी, पुजी एवम् सम्पत्ति भनेकै यस्तै प्रतिभा भएको र आफुले पनि बागचौरका ६८ वटै विद्यालयमा यो किसिमको सिकाई गर्न निर्देशन दिने समेत बताएका छन ।

प्रतिक्रिया दिनुहोस