दाङ बाट राेल्पाकाे लागि छुटेकाे बस दुर्घटना

२ मंसिर, २०७८ बिहीबार

२ मंसिर- राेल्पा | रोल्पाकाे माडी गाउँपालिकामा बस दुर्घटनामा परेको छ । दाङको घोराहीबाट रोल्पाको थवाङका लागि छुटेको ना ३ ख ५५१८ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ, भने ४ जना घाइते भएका छन् । बस शहितमार्ग अन्तर्गत माडी गाउँपालिका वडा नम्बर २ जलजलामा दुर्घटनामा परेको रोल्पाका प्रहरी प्रवक्ता इन्सपेक्टर कृष्ण रानाले जानकारी दिएका छन्  ।

बसमा सवार १० जना रहेको अनुमान गरिएको छ । बस सडकदेखि १०० फिट तल खसेको छ । घटनाकाे विस्तृत विवरण आउन बाँकी रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस