सल्यान, १९ माघ । सल्यानमा नवग्रह बाटिका निर्माण गरिएको छ […]
सल्यान ७, कार्तिक ।सल्यानको थारमारेबाट दाङ तुलसीपुर तर्फ जाँदै गरेको भे १ त १८९० नम्बरको डब्ल क्याप बोलेरो जीप दुर्घटना भएको छ । । कपुरकोट गाउँपालिका ३ बनस्पती खोलामा उक्त जीप दुर्घटना भएको हो । दुर्घटनामा परेर जीपमा सवार ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दुर्घटनामा घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ । अन्दाजी ३५ वर्षिय घाइते ती पुरुषको यो समाचार तयार पार्दा सम्म परिचय खुल्न सकेको छैन । अन्य घाइतेहरुमा बागचौर नगरपालिका वडा न १ सलयान निवासी अन्दाजी १४ वर्षिय आयुस बस्नेत, २२ वर्षिय मनोज वस्नेत, बानपा २ का अन्दाजी २७ वर्षिय सिता वली, २८ वर्षिय बविता रावल र निजको ११ वर्षिय छोरी एसिका रेउले तथा गाडी चालक बानपा २ का १९ वर्षिय हिक्मत पुन मगर रहेको प्रहरीले जनाएको छ । यस्तै बानपा २ कै १९ वर्षिय अर्जुन केसीको अवस्था सामान्य छ ।
गाडी सडकबाट एक सय मिटर भन्दा तल खोल्सामा खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
हाल घाइतेहरुको उद्धार गरेर उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ ।
घटनाका बारेमा थप विवरण आउन बाँकी