पूर्व जनमुक्ति सेनाका प्लाटुन कमान्डर तथा बागचौर नगर कमिटी सदस्य राणा एमालेमा प्रवेश

१४,असोज २०७८

१४,असोज|पूर्व जनमुक्ति सेनाका प्लाटुन कमान्डर तथा नेपाल कराते महासंघ अन्तर्राष्ट्रिय रेफ्री चित्र बहादुर राणाले ने क पा एमालेमा पार्टी प्रवेश गरेका छन।

पुर्ब प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली को हातबाट सम्मान ग्रहण गर्दै ओली निवासमा उनले पार्टीमा प्रवेश गरेका हुन।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीले गरेको दश वर्षे जनयुद्धमा पूर्व जनमुक्ति सेनाको प्लाटुन कमान्डरका रुपमा रहेका उनी एकीकृत नेकपा माओवाद बागचौर नगरकमिटीका सदस्य हुन।

आफू पूर्व जनमुक्ति सेनाको प्लाटुन कमान्डर र बागचौर नगरकमिटिमा रहेर एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीमा लामो समय सेवा गरेको सम्झदै उनले आफू खेल जगतको ब्यक्ति भयको र आफ्नो सम्पुर्ण गुरु तथा खेल क्षेत्रका साथीहरु यस पार्टीमा रहेकाले आफू पनि उहाँहरु संग रहन पार्टी प्रबेश गरेको उनले बताए ।



जनमुक्ति सेना र बागचौर नगर कमिटीमा रहँदा आफूले सबै माओवादी साथीहरुसँग मित्रवत व्यवहार गरेको र कुनै साथीहरु प्रति आफ्नो रिसिबी र आग्रह -पूर्वाग्रह भएर आफूले माओवादी पार्टी नछोडेको उनले बताए।

प्रतिक्रिया दिनुहोस