सल्यान, २७ फागुन । सल्यानमा चौबन्दी चोली तथा डिजाइन कुर्ता […]
नेपालमा कोभिड–१९ को महामारीसँग सुरु भएको बन्दाबन्दीले खाने तेलको मूल्य झन्डै दोब्बरले बढेको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार २०७६ जेठको ३१ गतेदेखि २०७८ भदौ १० गतेसम्ममा खाने तेलको मूल्य दोब्बरले वृद्धि भएको छ ।
नेपाल खुद्रा व्यवसायी महासङ्घको तथ्याङ्कअनुसार गत दुुई वर्षको बीचमा काँचो तोरीको तेल प्रतिलिटर १०० रुपियाँ, भुटेको तोरीको तेल प्रतिलिटर १४० रुपियाँ र सनफ्लावर तेल प्रतिलिटर १०५ रुपियाँले बढेको छ । यो तथ्याङ्क २०७६ जेठ ३१ देखि गएको भदौ १० गतेसम्मको हो । २०७७ को जेठ ३१ मा प्रतिलिटर १६० रुपियाँ रहेको काँचो तोरीको तेलको मूल्य गत भदौ १० गते बढेर प्रतिलिटर २६० रुपियाँ भएको छ ।
यो अवधिमा काँचो तोरीको तेल प्रतिलिटर १०० रुपियाँ बढेको छ । यस्तै २०७६ जेठ ३१ गते प्रतिलिटर भुटेको तोरीको तेल २२० भएकोमा गएको भदौँ १० गते प्रतिलिटर ३६० रुपियाँ पुगेको छ । अहिले भुटेको तोरीको तेल प्रतिलिटर ३९० रुपियाँ छ भने काँचो तोरीको तेल, सनफ्लावर, भटमासको तेलमा प्रतिलिटरमा १० देखि २० रुपियाँ बढेको छ ।
सङ्घका अनुसार २०७६ जेठ ३१ गते भटमासको तेल प्रतिलिटर १३५ रुपियाँ, भएकोमा गएको गएको भदौ १० गतेसम्म तेलको खुद्रा मूल्य प्रतिलिटर २४० रुपियाँ भएको छ । यो अवधिमा भटमासको तेल प्रतिलिटर १०५ रुपियाँले बढेको छ । यस्तै २०७६ जेठ १० गते प्रतिलिटर १३५ रुपियाँ रहेको सनफ्लावर तेल गत भदौ १० गते बढेर प्रतिलिटर २५० रुपियाँ भएको छ । यो अवधिमा सनफ्लावर तेलको मूल्य प्रतिलिटर १०५ रुपियाँ बढेको छ ।