सल्यानको कपुरकोटमा गाडी दुर्घटना १५ जना घाइतेको (विवरण सहित)

१८-भदौ। सल्यानको कपुरकोटमा यात्रुवाहक बस दुर्घटना हुंदा १५ जना घाइते भएका छन् ।शुक्रबार दिउंसो पौने २ बजेतिर कपुरकोट गाउँपालिका ३ मुलपानी नजिकै दाङबाट पश्चिमरुकुम तर्फ जाँदै गरेको राप्ती यातायात समितीको रा १ ख १७९२ नम्बरको बस अनियन्त्रित भई सडकको माथिल्लो भागको भित्तामा पल्टिन जाँदा दुर्घटना भएको हो।

बसमा २८ जना यात्रु सवार रहेको प्रहरीले बताएको छ ।

घाइतलेलाइ उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको छ भने गाडी चालक फरार रहेको र उनको को खोजतलास भईरहेको प्रहरीले जानकारी दिएको छ

घाइतेको अवस्था र विवरण यसप्रकार छ  –

१) जिल्ला सल्यान कपुरकोट गा.पा.५ बस्ने वर्ष २३ की रेखा साहु (घाटीमा चोट अवस्था मध्यम) ।
२) ऐ.ऐ.बस्ने वर्ष ३१ की सिता बुढाथोकी (शरिरमा चोट अवस्था सामान्य) ।

३) ऐ. दार्मा गा.पा.६ बस्ने वर्ष २० को प्रबेश बस्नेत (दाहिने हातमा चोट अवस्था सामान्य) ।
४) ऐ.शारदा न.पा.१५ बस्ने वर्ष ४९ को तारा प्रसाद नाथ (शरिरमा चोट अवस्था सामान्य) ।
५)ऐ. शारदा न.पा.१ बस्ने वर्ष ४० को कृष्णा गौतम (बाँया कुममा चोट अवस्था सामान्य) ।

६) ऐ.कुमाख गा.पा.बस्ने वर्ष ७३ को हिरे राना (टाउको र हातमा चोट अवस्था मध्यम ) ।
७) ऐ.कपुरकोट गा.पा.५ रिम बस्ने वर्ष ४५ को धन कुमारी रोका (वाँया खुट्टामा चोट अबस्था सामान्य) ।
८) ऐ.ऐ.बस्ने वर्ष २१ की याम कुमारी बोहरा (टाउको र खुट्टामा चोट अबस्था सामान्य) ।

९) ऐ. कपुरकोट गा.पा.५ बस्ने वर्ष तिला महतरा (खुट्टा र आँखामा चोट अवस्था सामान्य) ।
१०) ऐ. बागचौर न.पा.२ बस्ने वर्ष ४५ को लाल बहादुर डाँगी (कुममा चोट अवस्था सामान्य) ।
११) जिल्ला दाङ दङगिसरण गा.पा.५ बस्ने २५ की निर्मला शर्मा (शरिरमा चोट अवस्था सामान्य)।

१२) ऐ.तुल्सिपुर उ.म.न.पा.३ बस्ने वर्ष २८ को बिनोद बुढाथोकी (मुखमा चोट अवस्था सामान्य) ।
१३) जिल्ला प.रुकुम मसिकोट न.पा.४ बस्ने वर्ष ७५ को मोहन सिंह पुन (टाउकोमा चोट अबस्था मध्यम ) ।
१४) जिल्ला प.रुकुम त्रिबेणी गा.पा.२ बस्ने वर्ष २१ जोक बहादुर खड्का (बाँया हातमा चोट अवस्था सामान्य) ।

१५) ऐ.बस्ने वर्ष २२ को किरण ओली बाँया हातमा चोट अवस्था सामान्य )।

प्रतिक्रिया दिनुहोस