बागचौर नगरपालिका क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने […]
भारतको ओडिशास्थित कालाहाँडी जिल्लामा एक पुरुषले आफ्नो पत्नीको जल्दै गरेको चितामा गएर आत्महत्या गरेका छन् ।
यो घटना गोलामुन्डा ब्ल्याकको सिआलजोडी गाउँको हो ।जहाँ पत्नीको मृत्यु पछि एक पुरुष अन्तिम संस्कारको समयमा जल्दै गरेको चितामा हामफालेका थिए ।
आगोको ज्वाला धेरै ठूलो भएका कारण उनलाई कसैले बचाउने प्रयास नगरेको बताइएको छ ।मंगलवार घटेको यस घटनामा आत्महत्या गर्ने पुरुषको नाम नीलमणि सबर भएको बताइएको छ ।रिपोर्टस्का अनुसार नीलमणिकी ६० वर्षीय पत्नी रायबरी सबरको मृत्यु कार्डिएक अरेस्टका कारण भएको थियो ।

