लिभिजन प्रस्तोता रवि लामिछाने राजनीतिमा आउने भएका छन् । राजनीतिमा […]
२२,श्रावण । बागचौर नगरपालिका वडा नं . ९ हरिपुरमा एक कार्यक्रमका बिच विद्युत उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अथिति नगर प्रमुख श्री लोकमान बुढाथोकीले उद्घाटन गर्नु भएको हो ।
बिहिवार भएको उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले बागचौर नगरपालिका वडा नं . ९ का अन्य क्षेत्र कमलपोखरीमा ट्रान्समिटर जडान भइसकेको , मिटर बक्स जडान हुन बाँकी रहेको , माझगाउमा पोलहरुको खरिद प्रक्रिया अगाडि बढेको र कार्यान्वयन हुन बाँकी रहेको र कुयापानीमा ट्रान्समिटर जडान भई विद्युत लाइन विस्तार भैसकेको , मिटर बक्स जडान हुन बाँकी रहेको कुरा बताउनु भयो भने परिलेख मौरीघारे , चार , बस्नेउटामा चालु आर्थिक वर्षमा विद्युत विस्तार गर्ने गरि बजेट विनियोजन भैसकेको कुरा अवगत गराउनु भयो ।
चालु आर्थिक वर्षमै यस नगरपालिका अन्तरगतका साविकका ५४ वटा वडाहरुमै विद्युत विस्तार गरिने गरि नगरपालिकाले बजेट विनियोजन गरेको छ ।
कार्यक्रममा वडा नं . ९ अध्यक्ष श्री मोहन चन्दले वडा नं . ० ९ को भुगोल अन्य वडा हरु भन्दा ठुलो भएपनि प्रायजसो क्षेत्रहरुमा विद्युत विस्तार भैसकेको र बाँकी क्षेत्रहरुमा पनि चालु आ.व.मा नै विद्युत विस्तार गरिने बताउनु भयो ।
प्रविधिको विकास बढेसङै जोखिम पनि बढ्ने भएकोले उक्त जोखिमबाट सचेत रहन समेत अध्यक्ष चन्दले जानकारी दिनुभयो ।
कार्यक्रममा बागचौर नगरपालिका सूचना प्रविधि अधिकृत तिर्थराज डाँगि , ईलिक्ट्रीकल ईन्जिनियर टिकाराम खत्री,लगायत अन्य जनसमुदायको उपस्थिति रहेको थियो
कार्यक्रम सञ्चालन बागचौर नगरपालिका शिक्षा शाखा कर्मचारी श्री बिरेन्द्र प्रकाश डि.सीले गर्नुभएको थियो ।