शहिद परिवार तथा आन्दोलनका घाइतेले मासिक दुई हजार भत्ता पाउने

२०७८ जेठ २९ गते

२९-जेष्ठ,सल्यान। न्यूनतम जीविकोपार्जन एवम् सम्मानका लागि कर्णाली प्रदेश सरकारले  सहिद परिवारलाई आमा बुवाको पहिलो हकाधिकार हुने गरी मासिक रु. दुई हजार सहिद स्मृति भत्ता उपलब्ध गराउने भएको छ ।

कर्णाली  प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ‘जनआन्दोलन, जनयुद्ध र प्रदेश प्राप्तिको आन्दोलनको क्रममा घाइते, अपाङ्ग भएका व्यक्तिहरूलाई अधिकतम मासिक रु.दुई हजारसम्म जीवन निर्वाह भत्ता उपलब्ध गराइने जनाएको हो ।

कर्णाली प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले आज कर्णाली प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा धेरैजसो कार्यक्रममा वितरणमुखी कार्यक्रम धेरै छन् ।

आकर्षक, साहसिक र विशिष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने नीति कार्यक्रममा उल्लेख छ । यसका लागि प्रदेश पर्यटन गुरुयोजना अनुसारका गन्तव्य विकास र प्रवद्र्धन गरिनेछ । संघीय सरकारको सिको गर्दै सरकारी कर्मचारीलाई कर्णाली प्रदेशले  पर्यटन खर्चसहितको १२ दिनको पर्यटन बिदा सरकारले दिने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस