कर्णालीबासीको खाद्यान्न सुनिश्चितताको लागि खाद्य आपूर्तिको भरपर्दो व्यवस्था मिलाइने

२९,जेष्ठ २०७७

२९-जेष्ठ सल्यान। कर्णाली प्रदेश सरकारले कर्णालीवासी हरूको खाद्य सुरक्षाको सुनिश्चितताका लागि खाद्य आपूर्तिको भरपर्दो व्यवस्था मिलाउने जनाएको छ।

कर्णाली प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड-१९ बाट हुन सक्ने खाद्य संकट समाधानका लागि अत्यावश्यक वस्तुहरुको खरिद भण्डारण र वितरणको समुचित प्रबन्ध गरिने जनाएको हो।

कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा प्रदेशभित्र उत्पादित कृषि उपजको बजारीकरणका लागि कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।

खाद्य भण्डारणको आपूर्ति तथा बजारीकरणमा सहजीकरण गर्न खाद्य सञ्चय भण्डार (एक स्थानीय तह :एक अन्न भण्डार) स्थापना गर्न स्थानीय तहलाई प्रोत्साहन गरिने भएको हो।

प्रतिक्रिया दिनुहोस