सल्यान, २३ कार्तिक । युवा सोच र विचारः शारदाको समृद्धिको […]
१२,जेष्ठ| बागचौर नगरपालिकाको आइसोलेसन केन्द्रले साप्ताहिक अपडेट प्रस्तुत गरेको छ । जेष्ठ ४गते संचालन गरिएको आइसोलेसन केन्द्रमा ६० जनाको कोभिड १९ कोरोना भाइरसको एन्टिजिन परीक्षण गरिएको छ । जसमध्ये ३२ जनाको कोभिड पोजेटिभ र २८ जनाको कोभिड नेगेटिभ देखिएको हो ।
आइसोलेसन केन्द्रमा पहिलो हप्तामा ५८ जना बिरामीलाई भर्ना गरिएको छ भने सन्चो भएर ४२ जना डिस्चार्ज भएका छन । अहिले १० जनाको अक्सिजन सपोर्टमा उपचार भइरहेको जनस्वास्थ निरिक्षक हिमाल भण्डारीले जानकारी दिएका छन ।
अहिले डा. जीवन बस्नेतको नेतृत्वमा १० जना स्वास्थ्यकर्मी, ३ जना चालक र ५ जना कार्यालय सहयोगी द्धारा आइसोलेसन केन्द्रमा बिरामिको उपचार तथा रेखदेख भईरहेको छ ।
नगरपालिकाले संचालन गरेको आइसोलेसन केन्द्रमा ३८ वटा ठुला अक्सिजन सिलिन्डर र ६ वटा अक्सिजन कन्सन्ट्रेटर रहेका छन् ।