अक्सिजन कन्सन्ट्रेटर खरिदमा आफू संलग्न छैन: गुलाबजंग शाह

४ जेठ २०७८, मंगलवार
४ जेठ,सल्यान ।कर्णाली  प्रदेशसभा सांसद  गुलाबजंग शाहले सल्यान जिल्ला अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर खरिद प्रक्रियामा आफू संलग्न नरहेको जनाएका छन्।
सामाजिक सञ्जालमा सल्यानबाट निर्वाचित जनप्रतिनिधिहरूको मिलेमतोमा अक्सिजन प्लान्ट भनेर अक्सिजन कन्सन्ट्रेटर खरिद गरिएको हुनसक्ने भन्दै व्यापक प्रसार भइरहेको बेला शाहले यस्तो बताएका हुन्। साथै नेता शाहले सल्यान बाट निर्वाचित जनप्रतिनिधि हुनुको नाताले आम नागरिक कोरोना भाइरसको महामारीको बेला जनताको जीउ ज्यान जोखिममा परिरहेको अवस्थामा भ्रष्टाचार जस्तो महाअपराधमा जोकोही जोडिएको भएपनि कडा भन्दा कडा कारबाही माग गर्दै आफू यस्तो कुकर्ममा संलग्न नरहेको बताएका हुन्।
अर्को तर्फ भने सल्यानमा यति ठूलो भ्रष्टाचार हुँदापनि सल्यानबाट निर्वाचित जनप्रतिनिधिहरु चुपचाप रहेको भन्दै समाजिक संजालमा जनप्रतिनिधिहरुको चर्को आलोचना समेत गरिएको छ । घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कडाभन्दा कडा कारवाही गर्ने सहयोग गर्नुपर्ने ठाउँमा प्रतिनिधिहरु मौन रहनुले विभिन्न आशंका न उब्जेको भने पक्कै होइनन् ।
यस्तै कर्णाली प्रदेशका पूर्व आर्थिक योजना तथा मामला मन्त्री प्रकाश ज्वालाले जिल्लामा कुन प्रयोजनका लागि बजेट छुट्याइएको हो त्यसको सही सदुपयोग हुन सकेको छ कि छैन भनेर चासो र चिन्ता गर्नुपर्ने ठाउँमा सिंगो सल्यानि जनताहरूको स्वास्थ्यमाथि खेलबाड गर्ने गरी स्वास्थ्य सेवा कार्यालय सल्यानमा भएको भ्रष्टाचार जस्तो जघन्य अपराधको विषय देशव्यापीरुपमा फैलिए पनि चुपचाप बसेको भन्दै नेता ज्वालामाथि पनि चर्को आलोचना गरिएको छ।
यता संघीय सांसद टेकबहादुर बस्नेत पनि यो विषयमा चुपचाप छन्। केही समयअघि आफुहरुको पहलमा कोरोना भाइरस व्यवस्थापनमा लागि केही कार्य भैरहेको बताएपनि अहिले जिल्ला अस्पतालमा भएको भ्रष्टाचारको विषयमा उनी  मौन देखिएका छन्।
प्रतिक्रिया दिनुहोस